काठमाडौं - स्पेनको पूर्वी प्रान्त भ्यालेन्सिया र त्यसभन्दा बाहिरका क्षेत्रमा आएको भीषण वर्षापछि आएको बाढीका कारण  कम्तीमा ९५ जनाको मृत्यु भएको छ ।  दर्जनौं बेपत्ता छन् ।

मुसलधारे वर्षाका कारण आएको बाढीले पुल र भवनहरू बगाएको छ ।  मानिसहरू ज्यान जोगाउन छतमा र रूखमा चढेका छन् ।

प्रधानमन्त्री पेड्रो सान्चेजले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्।

धेरै जना वेपत्ता भएकाले मृतकको संख्या बढ्न सक्ने आशङ्का गरिएको त्यहाको सरकारले जनाएको छ ।