काठमाडौं - जापानमा आइतबार भएको निर्वाचनमा नयाँ प्रधानमन्त्री शिगेरु इशिबा र उहाँको लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी)ले सन् २००९ यताकै सबैभन्दा खराब नतिजाको सामना गर्नुपर्ने निर्वाचन सर्भेक्षणहरूले देखाएका छन् ।
जनमत सर्वेक्षणहरूले परम्परावादी एलडीपी र यसको कनिष्ठ गठबन्धन साझेदारले बहुमतभन्दा कम सीट ल्याउने खतरा देखाएका छन् । यसले इशिबालाई सत्ता समीकरणबाट नै बाहिरिने सम्मको झट्का दिन सक्ने बताइएको छ ।
विगत सात दशकदेखि जापानमा शासन गर्दै आएको एलडिपीको नेतृत्वका लागि गत महिना भएको निर्वाचनमा झिनो बहुमतका साथ निर्वाचित भएपछि पूर्व रक्षामन्त्रीसमेत रहेका ६७ वर्षीय इशिबाले प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो ।
तर विश्वको चौथो ठूलो अर्थतन्त्र भएको यो देशमा बढ्दो मूल्यवृद्धि र पूर्वप्रधानमन्त्री फुमियो किशिदाको ख्यातिमा असर पारेको उपहार काण्डले मतदातालाई निराश पारेको छ ।
टोकियोका मतदाता ४८ वर्षीय योशिहिरो उचिदाले आइतबार एएफपीसँग भन्नुभयो, “मैले सबैभन्दा पहिले उनीहरूको आर्थिक नीति र मुद्रास्फीति कम गर्ने उपायहरू हेरेर आफ्नो निर्णय लिएको छु।”
उहाँले थप्नुभयो, “मैले ती मानिसहरूलाई मतदान गरेँ, जसले हाम्रो जीवनलाई अझ राम्रो बनाउन सक्दछन्।”
इशिबा सरकारले निराश ग्रामीण क्षेत्रहरूलाई पुनर्जीवित गर्ने र जापानको घट्दो जनसङ्ख्याको ‘शान्त तर आपतकालीन स्थिति’ लाई लचिलो कार्यघण्टा जस्ता परिवार–अनुकूल उपायहरू मार्फत सम्बोधन गर्ने प्रतिज्ञा गरेको छ।
उहाँले विवाहित दम्पतीलाई छुट्टाछुट्टै उपनाम लिन अनुमति दिनेलगायतका विषयमा आफ्नो अडानबाट पछि हट्नुभएको छ। उहाँले आफ्नो मन्त्रिमण्डलमा दुई जना मात्र महिलालाई मन्त्रीका रूपमा नियुक्त गर्नुभएको छ ।
जापानी भाषामा ‘गीक’ भनिने आत्म–स्वीकृत सुरक्षा नीतिले चीनलाई प्रतिकार गर्न नेटोको तर्जुमा क्षेत्रीय सैन्य गठबन्धनको निर्माणको समर्थन गरेको छ। यद्यपि उहाँले यो ‘रातारात हुनेछैन’ भनी शैन्य गठबन्धनको निर्माण तत्काल कार्यान्वयनमा नजाने बताउनुभएको छ ।
जापानी सञ्चारमाध्यमले गरेका विभिन्न सर्वेक्षणले एलडिपी र उसको गठबन्धन साझेदार कोमेइतोले तल्लो सदनमा बहुमतका लागि आवश्यक पर्ने २३३ सिट प्राप्त गर्न सङ्घर्ष गर्न सक्ने देखाएको छ ।
इशिबाले यो थ्रेसहोल्डलाई आफ्नो उद्देश्यको रूपमा स्थापित गर्नुभएको छ । उहाँले बहुमत गुमाउँदा एलडीपीमा उहाँको स्थिति कमजोर हुनेछ र यसको मतलब अन्य गठबन्धन साझेदार खोज्नु वा अल्पमतको सरकारको नेतृत्व गर्नुपर्ने र यसले देशविकासका लागि आफ्नो उद्देश्य प्राप्त गर्न कठिन हुने बताउनुभएको छ ।
इशिबाले शनिबार एक ¥यालीलाई सम्बोधन गर्दै भन्नुभयो, “हामी निष्पक्ष, न्यायपूर्ण र निष्ठावान पार्टीको रूपमा नयाँ तरिकाले सुरु गर्न चाहन्छौं र तपाईंको जनादेश लिन चाहन्छौँ।”
स्थानीय सञ्चारमाध्यमका अनुसार इशिबाले तत्काल राजीनामा दिएर काम चलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्न सक्नुहुनेछ र उहाँ युद्धपछिको समयमा जापानको सबैभन्दा कम सेवा गर्ने प्रधानमन्त्री बन्ने सम्भावना छ ।
0 comment