काठमाडौं - चक्रवाती आँधी दानाको अवतरणपछि  पूर्वी भारतीय राज्य ओडिसा र पश्चिम बङ्गालका तटीय क्षेत्रहरूमा आज भारी वर्षा भएको छ ।

करीव १००-११० किलोमिटर प्रति घण्टाको गतिमा आएको चक्रवातले ओडिसा र पश्चिम बङ्गालका धेरै क्षेत्रहरूमा रूखहरू र  बिजुलीको पोलहरु ढलेका छन। 

चक्रवातले केही अत्यावश्यक नागरिक सेवाहरूमा बाधा पुगेको छ भने बालीलाई क्षति पुर्‍याएको प्रभावित क्षेत्रको जनजीवनमा असर पारेको छ ।

यद्यपी अहिलेसम्म कुनै हताहत भएको खबर आएको छैन ।

भारतीय मौसम विज्ञान विभागले दाना चक्रवातको अवतरण प्रक्रिया सम्पन्न भइसकेको  जनाएको छ।

प्रभावित राज्यका स्थानीय सरकारहरूले करिब दश लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारेका छन ।

प्रभावित स्थानहरुमा विद्यालयहरु बन्द छन ।