काठमाडौं - भारतका पूर्वी राज्यहरू उडिसा (पहिले उडिसा) र पश्चिम बङ्गालमा आउँदै गरेको चक्रवातको मार्गबाट करिब १५ लाख मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
आगामी २४ घण्टामा आउने अनुमान गरिएको दाना चक्रवातबाट हुने क्षति न्यूनीकरणका लागि हजारौं राहतकर्मीहरु पनि परिचालन गरिएको छ ।
ती क्षेत्रहरुमा यसअघि नै यातायात सेवा प्रभावित भएको छ भने कैयौँ रेल तथा उडान रद्द भएका छन् ।
भारतको मौसम विभागले बङ्गालको खाडीमा बनेको न्यून चापीय रेखा बिहीबार साँझसम्ममा भीषण चक्रवाती आँधीमा परिणत हुने अनुमान गरेको छ ।
आँधीले तटीय क्षेत्रमा १ सय देखि १ सय २० किलोमिटर प्रतिघण्टा (६२–७४ माइल प्रतिघण्टा) को गतिमा हावा चल्ने अनुमान गरिएको छ ।
उडिसाका मुख्यमन्त्री मोहनचरण माझीले बुधबार चक्रवातको चपेटामा परेका जिल्लाका बासिन्दाको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइएको बताएका छन् ।
प्रभावित राज्यका अधिकारीहरूले खाना,पानी र स्वास्थ्य सुविधा सहितको अस्थायी राहत शिविर तयार पारेको बताईएको छ ।
0 comment