काठमाडौं - अमेरिकास्थित मुस्लिम धर्मगुरु फेतुल्लाह गुलेनको मृत्यु भएको टर्कीएको सरकारी टेलिभिजनले जनाएको छ ।
अङ्काराले गुलेनलाई सन् २०१६ को असफल ’कू’ का मुख्य योजनाकार भएको आरोप लगाउँदै आएको छ ।
गुलेन निकट समूहले एक्स र सामाजिक सञ्जालमा पोस्ट गरेको पोस्टलाई उद्धृत गर्दै उनीहरूले ८३ वर्षीय गुलेनको अस्पतालमा आइतबार मृत्यु भएको बताएका छन् ।
हिज्मेट नामक आन्दोलनको नेतृत्व गरेका गुलेनलाई टर्कीएले ‘आतङ्कवादी’ समूहको नेतृत्व गरेको र सन् २०१६ मा शक्तिशाली नेता रेसेप तैयप एर्दोगानको सरकार ढाल्न गरिएको असफल ‘कू’को नेतृत्व गरेको आरोप लगाएको थियो ।
गुलेन सन् १९९९ देखि पेन्सिलभेनियामा बस्दै आउनुभएको थियो । प्रशासनले उहाँको टर्कीएको नागरिकता सन् २०१७ मा खोसेको थियो ।
0 comment