काठमाडौं - उत्तरी गाजाको बेत लाहिया शहरमा  इजरायली आक्रमणमा परी कम्तीमा ८७ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित अधिकारीहरूले बताएका छन् ।

इजरायलले हताहतीको विवरण संकलन गरिरहेको र हमासका अधिकारीहरूले अतिरञ्जित तथ्याङ्कहरू सार्वजनिक गरेको आरोप लगाएको छ।

यसैबीच इजरायलले बेरुतको दक्षिणी उपनगरमा हिजबुल्लाहको निशानामा हवाई आक्रमण पुनः सुरु गरेको छ । हरेट ह्रिक र हदाथका बासिन्दालाई आज बिहानै त्यहाँबाट बाहिर निस्कन आदेश दिएको छ ।

उत्तरी इजरायलको सिजरियामा बेन्जामिन नेतन्याहूको घरतर्फ ड्रोन प्रहार गरिएपछि पछिल्लो आक्रमण भएको हो ।

इजरायली प्रधानमन्त्रीले यसलाई गम्भीर भूलको संज्ञा दिँदै इरान र उसका सहयोगीहरूले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।

इरानले ड्रोन आक्रमणमा हिजबुल्लाहको हात रहेको बताएको छ ।