काठमाडौं - दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दुर्घटनामा गढवा गाउँपालिका- ७ का २९ वर्षीय प्रभु चौधरीको मृत्यु भएको हो। 

घोराहीबाट थारा तर्फ जाँदै गरेको रा १ ख १८५७ नम्बरको खाली टिपर आज बिहान १ बजेतिर  बङ्गलाचुली गाउँपालिका- ४  जुम्लेपानीमा दुर्घटनामा परेको दाङ प्रहरीले जनाएको छ ।

चालकको शव पोष्टमार्टमका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

टिपरमा चालक एक्लै सवार रहेको प्रहरीले जनाएको छ।