काठमाडौं - राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदको समयमा हुने खोज तथा उद्दारका लागि थप हेलिकप्टर किन्न आवश्यक रहेको निष्कर्ष निकालेको छ । 

विपदका बेला खोज तथा उद्दारका लागि अहिले भएका हेलिकप्टर अपुग भएको निष्कर्ष निकाल्दै थप हेलिकप्टर किन्न प्राधिकरणकै परिषदलाई सिफारिस गर्ने निर्णय आज बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले गरेको प्राधिकरणका सहसहचिव बसन्त अधिकारीले जानकारी दिनुभयो ।

बैठकले  हेलिकप्टर सहित  खोज तथा उद्दारका लागि अति आवश्यक पर्ने उपकरणहरु किन्न समेत बैठकले  राष्ट्रिय परिषदलाई सिफारिस गरेको छ ।

परिषदको बैठक भोलीका लागि बोलाइएको छ ।

साथै बैठकले गत जेठ २८ देखि असोज २६ गतेसम्म बाढी पहिरो लगायत विपदबाट मृत्यु भएकाहरुको परिवारका एक सदस्यको बीमा गर्न समेत  सिफारिस गरेको छ ।