काठमाडौं - औलो सार्ने लामखुट्टेविरुद्ध प्रयोग हुँदै आएको कीटनाशक विषादीको प्रभावकारिताबारे सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा अध्ययन –अनुसन्धानको कार्य सुरु गरिएको छ ।

स्वास्थ्य निर्देशनालय राजपुर डोटीको कीट अनुसन्धान प्रयोगशालाले कैलाली र कञ्चनपुरमा अनुसन्धान सुरु गरेको हो । डेल्टामेथ्रिन, अल्फासाइपरमेथ्रिनलैम्बडासायहेलोथ्रिन नामक तीनवटा विषादी लामखुट्टेविरुद्ध विगत २५ वर्षदेखि प्रयोग हुँदै आएको छ ।

तीनवटै विषादीको प्रभावकारिताबारे अध्ययन भइरहेको स्वास्थ्य निर्देशनालय राजपुरका कीटजन्य अधिकृत हेमराज जोशीले बताउनुभयो । 

माउथ एस्पिरेटरको माध्यबाट औलो प्रभावित क्षेत्रबाट लामखुट्टे सङ्कलनको कार्य गरिरहेको र सङ्कलन गरिएका लामखुट्टेलाई ल्याबमा लगेर परीक्षण गरिन्छ ।, एकपटकमा एक सय ५० लामखुट्टेमा अध्ययन गरिने भएकाले यो प्रक्रियामा २६ घण्टा लगाएर ल्याब परीक्षणको कार्य पूरा हुने उहाँले बताउनुभयो ।

अध्ययनका क्रममा एक सय लामखुट्टेलाई विषादीसँग सम्पर्क गराउने र ५० लामखुट्टेलाई बिना विषादी जस्ताको तस्तै ट्युबमा राखेर अध्ययन गरिने उहाँको भनाइ छ ।

विषादीसँग सम्पर्क गराएका र नगराएका लामखुट्टेको मृत्युदरको विश्लेषण गरी विषादीले काम गरे- नगरेको निर्क्योल गरिने अधिकृत जोशीले बताउनुभयो ।