काठमाडौं, २० असोज

विभिन्न ठाउँ र मितिमा हराएका २६ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले १६ वटा मोटरसाइकल र १० वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । 

विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा परिवर्तित नम्बर प्लेट राखेको अवस्थामा काँडाघारी, सानोठिमी, नरेफाँट, बालकुमारी, भिमसेनगोला, गौरीघाट, महाराजगंज, बुढानिलकण्ठ, नेपालटार, ठमेल र कलंकी लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।