काठमाडौं - नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपति भवन शितल निवासमा उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । 

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र सर्वोच्च अदालतका न्यायाधीशहरु सहभागी हुनुहुन्थ्यो । 

राउतलाई आजै राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नुभएको हो ।