दिपा थपलिया

जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलिले अबैध सुन सहित २ जना भारतिय नागरिकलाइ पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा भारत महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने बर्ष २५ को अभिषेक अजिनाथ कुटी र सोही स्कुटरमा पछाडी सवार देश भारत महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने बर्ष २७ को राहुल भिट्टिहाल बाड रहेका छन।

बिशेष सुचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बिश्वराज खडकाको कमाण्डमा खटिएको प्रहरी टोलीले ८ किलो भन्दा बढी सुन सहित उनिहरुलाइ नियन्त्रणमा लिएको हो ।

जिल्ला मकवानपुर, हेटौडा उपमहानगरपालिका, वडा नम्बर १५ रातोमाटे चेकपोष्ट स्थित पुर्व पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौडातर्फ आउदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालकहरु बाट उक्त सुन बरामद भएको हो। उनिहरु माथि शंका लागि निजहरुको शरीर तथा स्कुटर समेतको खानतलासी गर्दा निजहरुले आफ्नो शरीरको बिभिन्न भागमा लुकाई ल्याईएको बिल बिजक नभएको अबैध भन्सार छलिका सुनको बिस्कुटको आकारको ८ थान तौल गर्दा ८ किलो २४३ ग्राम ९७० मिलिग्राम रहेको छ।

पछिल्लो बजार भाउ अनुसार झण्डै साढे ११ करोड रकम बराबरको सुन फेला पारेको हुंदा उक्त समान सहित निजहरुलाइ थप अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरेको प्रहरी उपरीक्षक बिश्वोराज खड्काले जानकारी दिनु भयो।