काठमाडौं - आजबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरेको छ ।

निर्धारण गरिएको ६७० रुपियाँ मुल्यमा १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँमा बिक्री खुला गरेको बताईएको छ ।

यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरिएको छ । यस मुल्यमा पनि  १० रुपियाँ छुट दिएर एक हजार २२० रुपियाँमा बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

खाद्यले  २०८ वटा खसी बोका र २८५ वटा च्याङ्ग्रा ल्याईएको र अरू ल्याउने क्रम जारी रहेको कम्पनीले जनाएको छ ।

प्रत्येक वर्ष कम्पनीले चाडपर्वको समयमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्ने उद्धेश्यले खसीबोका र च्याङ्ग्रा खरिद गरी बिक्री गर्ने गदर्छ ।

। दसैँको समयमा विभिन्न जिल्लाका व्यवसायीहरुले खसीबोका उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन् ।