काठमाडौं - बिपी राजमार्ग दसैँअघि नखुल्ने भएको छ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बाढी र पहिरोका कारण अवरुद्ध बिपी राजमार्ग दसैँ अगाडि सञ्चालनमा आउन नसक्ने निष्कर्ष निकालिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारि दिनुभएको हो ।

मन्त्रालयको टोलीले स्थलगत अवलोकन समेत गरेर आएको भन्दै दसैँ अगाडि बिपी राजमार्ग खुल्ने सम्भावना नरहेको उहाको भनाई थियो ।

खुलाउने प्रयास भने जारी राखिने र खुलेको अवस्थामा पनि फसेका यातायातका साधनको मात्रै उद्धार गरिनेछ, अन्य सवारी साधनलाई चलाउन सकिने गरी खुलाउन नसकिने उहाँले स्पष्ट पार्नुभयो।

सार्वजनिक गाडी छोड्ने गरी नै गर्न सकिने अवस्था हामी देख्दैनौँ, धेरै ठाउँमा बिग्रिएको छ उहाको भनाई छ ।

असोज ११ र १२ गतेको भारी वर्षाका कारण देशभरमा ३४ वटा राजमार्गहरूका ८ सय ५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएको जानकारी दिइएको छ।

क्षति भएका सम्पूर्ण संरचना स्थायी रूपमा पुन स्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको सचिव शर्माले जानकारि दिनुभयो ।