काठमाडौं - आइसीसी टी-२० महिला विश्वकप आजदेखि शुरु भएको छ । 

संयुक्त अरब इमिरेट्स युएइमा आजदेखि शुरु भएको  पहिलो खेलमा बंगलादेशले विजयी शुरुवात गरेको छ।

स्कटल्याण्डलाई १६ रनले हराउदै बंगलादेश विजयी भएको हो ।

 यसैगरी आज नै हुने दोस्रो खेलमा समूह ए का पाकिस्तान र श्रीलंकाबीच खेल हुनेछ । 

कात्तिक ४ गतेसम्म हुने प्रतियोगितामा १० राष्ट्रको सहभागिता छ ।