काठमाडौं - सुख्खा पहिरोले राप्ती लोकमार्ग अन्तर्गत दाङ-सल्यान खण्ड अवरुद्ध भएको छ । आज बिहान ९ः१५ बजेतिर सुख्खा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो ।

तुलसीपुर उपमहानगरपालिका-३ श्रीखोलामा माथिबाट सुख्खा पहिरो आउँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पहिरो हटाउने कार्य भइरहेको छ ।