काठमाडौं - सिन्धुलीको गोलञ्जोर गाउँपालिका- ६ बलेनी र आनामानेबिचमा रहेको रामेछाप गाउँपालिका- ९मा जोडिएको क्षतिग्रस्त झोलुङ्गे पुलमा जोखिम मोलेर रामेछापबासी यात्रा गर्दै आएका छन्। 

असोज १२ गते सुनकोसी नदीमा आएको बाढीले पुलमा क्षति गरेको छ । नदी आरपार गर्ने विकल्प अरु नभएपछि यात्रुहरू क्षतिग्रस्त पुलबाटै जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन्।