धादिङको झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ ।झ्याप्ले खोला काठमाडौंको नागढुंगादेखि केही तल पर्दछ ।  

शनिबार बिहान झ्याप्ले खोलामा पहिरो जाँदा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो भने नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  

ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो ।

पहिरोमा अन्य बसहरु पनि पुरिएको आशंका गरिएको छ ।