काठमाडौं - गोरखाबाट काठमाडौं आउँदै गरेको यात्रु बस सम्पर्कविहीन भएको छ ।

गोरखाको लापुबेंसीबाट काठमाडौंका लागि छुटेको बस सम्पर्कविहीन भएको हो । लापुबेँसीबाट शुक्रबार बिहान छुटेको ना ४ ख २२७० नम्बरको दरौँदी यातायातको बस हराएको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सक्रियन्युज डक कमलाई जानकारी दिनुभयो ।

बसमा सुरुमा चालक र सहचालक मात्र भएपनि ठाउँठाउँबाट यात्रु चढेको हुनसक्ने यातायातका कर्मचारीलाई उद्दत गर्दै प्रजिअ दाहालले बस मुग्लिनसम्म पुगेको यात्रुबाटै खबर आएको र कसैले चाहिँ धादिङको खानी खोलासम्म पुगेर सम्पर्कबिहिन भएको  भन्ने खबर पाएको बताउनुभयो । 

बेपत्ता बसको खोजी कार्य जारी रहेको र बिभिन्न निकायबाट सूचना  लिने काम भइरहेको प्रजिअ दाहालको भनाइ थियो ।