काठमाडौं - बिच कबड्डी विश्व कपमा सहभागी हुन ६ पुरुष खेलाडीसहित ९ सदस्यीय नेपाली टोली आइतबार इरानको एन्जल प्रस्थान गरेका छन्।

सेप्टेम्बर २५ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुने खेलाडी टोलीमा कल्याण भुजेल (कप्तान), रन्जित गजमेर, पदमबहादुर विष्ट, रामु टमटा, गणेश पार्की र निरज चन्द रहेका छन्।

प्रशिक्षक विष्णुदत्त भट्ट, टिम व्यवस्थापक शरद दर्शनधारी र टेक्निकल अफिसर रामकेवल मुखिया रहेका छन्।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य- सचिव टंकलाल घिसिङले हिजो नै एक कार्यक्रमबीच बिदाइ गर्नुभएको थियो।