काठमाडौं - एसियाली सिनियर कराँते च्याम्पियनसिपमा एरिका गुरुङले रजत पदक जित्न सफल भएकी छिन् ।

चीनमा आज सम्पन्न ६८ केजी माथीको तौल समुहको फाइनलमा भियतनामकी खेलाडीसँग पराजित बनेकी एरिकाले रजत पदक जितेकी हुन् ।

एरिका भियतनामकी खेलाडी नाओन थी न्येनसँग ६–० ले पराजित बनेकी हुन् । पराजित भएसंगै सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण पदकबाट भने एरिका चुकेकी छिन् । उनले प्राप्त गरेको रजत पदक ऐतिहासिक हो।

एसियन कराते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालले जितेको यो पहिलो पदक हो। अहिलेसम्म कुनेपनि नेपाली खेलाडीले यो च्याम्पियनसिपमा‌ पदक जित्न सकेको छैन।

एरिकाले चीनमा सम्पन्न भएको १९ औं एसियन गेम्समा ऐतिहासिक रजत पदक जितेकी थिईन् ।