काठमाडौं - काभा महिला क्लब च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीमा नेपाल पुलिस क्लबकी उषा भन्डारी चुनिएकी छिन् ।

नेपाल पुलिस क्लबले माल्दिभ्समा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स क्लब च्याम्पियनसिपको उपाधि जितेको छ।

पाचँ खेल जितेको पुलिसले पहिलो संस्करणमै उपाधि हात पारेको हो।