काठमाडौं - नेपाल पुलिस क्लबले माल्दिभ्समा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। 

गएराति भएको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३- ० ले पराजित गर्दै पुलिसले पहिलो संस्करणमै उपाधि हात पारेको हो।

पुलिसले लिग चरणमा हुमो सहित, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३- ० ले, माल्दिभ्सको वाम्को क्लबलाई ३- २ ले तथा माल्दिभ्सको माल्दिभ्स लिस क्लबलाई ३- १ ले पराजित गरेको थियो ।

प्रतियोगितामा नेपाल, उज्वेकिस्तान, श्रीलङ्का र  ताजकिस्तानका समान १ तथा माल्दिभ्सको २ गरी कूल ६ टोलीको सहभागिता थियो ।