काठमाडौं - काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लगातार चौथो जित हासिल गर्दै फाइनल पुगेको विभागीय टोली नेपाल पुलिस क्लबले आज प्रारम्भिक चरणको अन्तिम खेलमा घरेलु टोली माल्दिभ्स पुलिस क्लबसँग खेल्दैछ 

खेल स्थानीय समय अनुसार बेलुका ५ बजे सुरु हुनेछ।  

माल्दिभ्समा जारी प्रतियोगितामा हिजो घरेलु टोली वाम्कोलाई पुलिसले ३- २ को सेटमा पराजित गरेको थियो ।

चार खेलबाट ११ अङ्क जोडेको नेपाल पुलिस एक खेल अगावै फाइनलमा पुगिसकेको छ।