काठमाडौं - सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ ।

न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित कार्यदलले आज साँझ प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको छ ।

सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सात बुँदे सहमतिपछि बनेको सरकारको न्यूनतम साझा कार्यक्रम कार्यदलले तयार गरेको हो ।

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा कांग्रेस महामन्त्री गगनकुमार थापा, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिजाल, गृहमन्त्री रमेश लेखक लगायत  सहभागी हुनुहुन्थ्यो ।