काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले रास्वपाले जन्मेदेखि नै कुनै न कुनै समस्या झेल्दै आएको बताएका छन् ।

काठमाडौँमा आजबाट  सुरु भएको पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टी स्थापनाको छोटो समयमा हुनुपर्ने र नपर्ने घटनाहरु आईपरेको बताएका हुन् । 

रास्वपा अब सकियो भने टिप्पणीहरु आउने गरेको बताउदै रास्वपा सकिएको होईन अब अरुलाई सक्काउने उनको भनाई थियो । रास्वपाको आगमन नै अरुका लागि समस्या भएको उनले बताए ।

उनले आफुहरु ठुलो लडाईकै लागि आएको बताउदै रास्वपामाथिको आक्रमण पनि ठुलै हुने गरेको सभापति लामिछानेको भनाई छ ।मुलुकमा कुनै ठुलो विपत्ति आउन लाग्यो भनेर नै दुई ठूला दल मिलेर सरकार बनाउनु परेको समेत उनले बताएका छन् ।  

लडाई बल्ल सुरु भएको हो, हामीले लड्ने लडाईमा कसैको सिउँदो पुछिदैन, सभापति लामिछानेले भने, हामीले गर्ने  विद्रोह शान्त हुन्छ  ।