काठमाडौं - प्रतिनिधि सभाको आजको बैठक अबरुद्ध भएको छ ।

माओवादी केन्द्रका सांसदहरुले एमाले सांसद योगेश भट्टराईले हिंसा भन्ने शब्द प्रयोग गरेको र सो शब्द हटाउन गरेको मागलाई समामुखले नपर्ने भनेपछि संसदमा भनाभन भएको थियो ।

सभामुखले एमाले र मा‌ओवादीका सांसदहरुलाई बोल्न समय दिनुभएपनि समस्या समाधान नभएपछि संसदको बैठक नै स्थगित भएको हो ।

सभामुखले नियमित कार्यसूचीमा जान गरेको अनुरोधलाई मा‌ओवादी केन्द्रका सांसदहरुले अस्वीकार गर्नुभएको थियो । 

अब अर्को बैठक यही भदौ ३० गते आइतबार बस्ने भएको छ ।