काठमाडौं - उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाएर हटाउने विषयमा आज प्रतिनिधि सभाका सांसदहरु दुई कित्तामा बाँडिएका छन ।

नेपाली काँग्रेस र एमालेका सांसदहरुले उपसभामुखले अमेरिका भिषाका लागि केही युवाहरुलाई आफ्नो लेटर प्याडमा शिफारिस गरेको भन्दै उपसभामुखले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका थिए ।

अर्कोतर्फ, रास्वपा र माओवादी केन्द्रका सांसदहरुले भने उपसभामुखलाई महाअभियोग लगाएर हटाउन खोजे प्रतिरोध गर्ने बताएका छन ।

त्यसो त सत्तारुढ दलहरुले उपसभामुख रानालाई मार्ग प्रशस्त गर्न भनिसकेका छन । 

उपसभामुखलाई महाअभियोग लगाएर हटाउने तयारी भन्ने विषयमा आजका समाचारहरुले प्राथमिकता पाएका छन।