डोट्र्र्टनिंगहोल्म राजदरवार र त्यसको बगैचा हेरी सक्दा बेलुकाको ७ बजेको थियो । घाम टन्टलापुर नै थियो । बिहान आन्नाले छोडेको ठाउँ स्टकहोमको केन्द्रिय ट्रामस्टेसनमा आएर मैले उनलाई कुरेको केही समयमा नै उनी आइपुगिन् । हामी ट्राम चढेर घर तर्फ लाग्यौ ।
हामी दुइको सहमति अनुसार आज मैलै नेपाली दाल भात तरकारी पकाउने भन्ने थियो । त्यसअनुरुप सुपर मार्केटमा गएर हामीले चामल, दाल तरकारी बेसार, जिरा अनि धनियाको धुलो, लसुन प्याज किन्यौ । घर पुग्नासाथ म खाना बनाउन तर्फ लागे आन्ना भने मैलै कसरी खाना बनाउदो रहेछ भनेर हेर्न थाले । एक घण्टामा नै मैलै खाना बनाए, हामी मिलेर खायौं । उनलाई मेलै बनाएको खाना मिठो लागेछ क्यारे बाँकी खाना भोली खाने भनेर फ्रिजमा राख्यौ अनि हामी सुत्ने तरखरमा आआफ्नो कोठा तर्फ लाग्यौ । भोली पल्ट विहान हल्का व्रेकफास्ट गरी आठ बजे तिर निश्कियौं । उनी आफ्नो काम तर्फ लागिन म भने स्टकहोम शहरको केन्द्रको नजिकै रहेको सोडोरटाल्ली खुला आकाश म्यूजियम हेर्न तर्फ लागे ।
सोडोरटाल्लीको खुला आकाश म्यूजियम
यो अचम्मको गाउँ रहेछ । त्यहाँ हरेक दिन बाहिरबाट महिला पुरुषहरु करिव २०० वर्ष पुरानो तरिकावाट, मध्यकालिन पहिरनमा त्यही बेलाका औजारहरु प्रयोग गरेर दिन भर काम गर्दा रहेछन् र बेलुकी फर्कदा रहेछन् । यस म्यूजियमको मुख्य उद्देश्य भनेको मध्य युगमा मानिसहरु कसरी बस्दा रहेछन्, कस्ता कस्ता औजारले के काम गरी कसरी बाँच्दा रहेछन् भनेर आधुनिक शहरिया जीवनलाई देखाई आफ्नो सस्कृति, भेषभुषालाई जिवित राख्नु रहेछ । सबै भन्दा पहिले म्यूजियममा प्रवेश गर्ना साथ म गाइ, वाख्रा, बंगुर र कुखुरा पालन गरेको स्थल तर्फ अवलोकन गर्न गए । त्यहाँ मानिसले इच्छा गरे अनुरुप दुघ र दुग्ध पदार्थ, वंगुर कुखुराहरु किन्न पनि पाइने रहेछ । त्यहाँ हरेक दिन ती पाल्तु जनावरहरुलाई कसरी खुवाइदो रहेछ भनेर पनि हेर्न पाइने रहेछ ।
त्यसपछि पुरानो छपाइ मेशिनले छापीरहेको हेर्न गए । मध्यकालमा कस्तो मेशिनले कसरी छाप्दो रहेछ भन्ने पनि देखियो । त्यसपछी मैले पाउरोटी वनाइरहेको स्थल पनि अवलोकन गरे । त्यहाँ गइ पुरानो मेचमा वसी एक पिस पाउरोटी र केक किनेर पनि खाइयो ।
त्यसपछि त्यहाँ रहेको चालु अवस्थाकोे हावाको मिल हेरियो । त्यहा नजिकैको पुराना स्वेडिस बस्ती, पशल, कृषि फार्म पनि रहेछन । त्यहाँ एउटा घरमा छिरी घरको भित्री भाग अनि कोठाहरु कसरी सजाइदो रहेछ भन्ने पनि देखियो । अर्को एक ठाउमा मध्यकालमा वनाइएको काठको हवाइ जहाज र पानी जहाजलाई संरक्षण गरेर राखिएको रहेछ त्यो पनि हेरियो ।
यो सोडोरटाल्ली भन्ने ठाउँ डाडाँको काखमा उच्चो भागमा रहेको हुँदा यहाँबाट स्टकहोम शहरको मनोरम दृश्य पनि देखिने रहेछ । दिनहँु सयांै संख्यामा स्वदेशी विदेशी पर्यटकहरु आइ अवलोकन गरी बसी त्यहीको पसल रेष्टुरामा किनेर खाइ दिन बिताउदा रहेछन् ।
बच्चाहरुको खानकोलागि अन्यकुरा जस्तो आइसक्रिम, केक पाउरोटी र खेल्ने ठाउँ पनि भएको हुँदा शहरिया परिवारहरु गाउले परिवेशमा दिन भर आइ बसी मनोरञ्जन गर्दा रहेछन् । अर्को एक ठाउँमा पुराना वाद्यवादन प्रयोग गरी नाची अनि गाइरहेको पनि देखियो । ठाउँ ठाउँमा पोखरी अनि बगैचा सजाइएको, विभिन्न रंगका लोखर्केहरु रुख चडदै ओर्लदै गरेको मनोरम दृश्य देखिदो रहेछ । भित्र पसेपछि बाहिर निस्कनै मन नलाग्ने सोडोरटाल्लीमा ९ घण्टा जति वसेर म पुन आन्नाको साथ उनको घर टिरोस फर्के । अगाडिको वेलुकी वाँकी रहेको दाल भात तरकारी तताएर खायौं ।
स्टकहोममा हेर्ने कार्य सकिएको हुँदा भोलिपल्ट दिन भर सरसफाइ गर्ने कार्य गरी रातीको पानी जहाजबाट म लागे फिनलैण्डको टुर्कु भन्ने शहर तर्फ । मलाई पानी जहाजसम्म छोडन आन्ना आएकी थिइन् । छुट्टने बेलामा मैले उनलाई नेपाल आउने निम्ता दिए । उनले त्यो निम्ता सहर्ष स्वीकार गरिन् ।
0 comment