मुलुकको परराष्ट्र नीति एउटै हुनुपर्छ । हाम्रो मुलुकमा नेताहरू पिच्छे मुलुकको परराष्ट्र नीति फरक फरक भएकोले मुलुकमा नेताहरू नै राष्ट्रघाती हुन् ।

जो बाइडेन र फातिमा सुमार लगायतलाई गाली गर्नु अनुचित छ । राष्ट्रघाती नेताहरू दोषी र जिम्मेवार । मुलुकमा जुनसुकै सरकार आए पनि मुलुकको परराष्ट्र नीति एउटै हुनुपर्छ तर हाम्रो मुलुकमा परराष्ट्र नीति नेताहरू पिच्छे फरक फरक भएकोले मुलुकमा नेताहरू नै राष्ट्रघाती हुन् ।

मुलुकमा द्वन्दको जड नै नेपाली जनताहरु हुन् । अब भोग्नुहोस परिणाम नेपाली जनताहरुले मुलुकलाई भन्दा नेताहरूलाई महत्त्व दिए । नेपाली जनताहरुले प्रधानसेनापति रुक्मांगद कटवाल लगायत हरुले वास्तविक कुराहरू गरेको बुझ्दैनन र पचाउन सक्दैनन । नेपाली जनताहरु नेताहरूको लहलहैमा लाग्ने भएकोले नेताहरूले जे भन्यो त्यही गर्ने मान्ने खालको नेपाली जनतहरु भइ दिए । वर्तमान समयमा एमसीसीको कुरालाई लिएर नेताहरूले द्वैध चरीत्र र दोग्लापन देखाएर नेपाली जनताहरुलाई एक आपसमा लडाउँदा पनि नेपाली जनताहरु नेताहरूको कुराहरू पत्याई रहेका छन । नेताहरूले तँ रोए झैँ गर म कुटे झैँ गर्छु नाटक देखाउँदा पनि नेपाली जनताहरु नेताहरूको वकालत गर्छन । यसकारण मुलुकमा द्वन्दको जड नै नेपाली नागरिकहरु  हुन् ।

एमसीसी जसरी पनि पास हुन्छ । उपस्थित संख्याको ५०% प्रतिशत भन्छन् । काँग्रेस पार्टीको सांसदहरू उपस्थित भए पनि एमसीसी पास हुन्छ ।

नेपाली जनताहरुले अमेरिकाको जो बिडेन र एमसीसीको उपाध्यक्ष फातिमा सुमार लगायतलाई गाली गर्नु वाहियात र अनुचित छ । मुलुकमा दोषी, जिम्मेवार र राष्ट्रघाती नेताहरू हुन् ।

स्वतन्त्र नेपाली नागरिक : राकेश कुमार शर्मा ।