काठमाडौं - उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भनेर भइरहेको प्रचारमा सत्यता नभएको बताउनुभएको छ ।
काठमाडौँमा आज आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपाली कांग्रेस र नेकपा (एमाले) जनताको अधिकारका लागि लडेको दल भएको बताउनुभयो ।
संविधान संशोधन गरेर सरकारले भएको अधिकांश व्यवस्था कटौती गर्छ भन्ने दुष्प्रचार भइरहेको हल्लामा कुनै सत्यता नभएको स्पष्ट पार्नुभयो ।
राजनीतिक स्थायित्व दिन कांग्रेस एमालेसँग मिलेको उपप्रधानमन्त्री सिंहको भनाई थियो ।
0 comment