देशको भाग्य र भविष्य निर्माण गर्ने भनेको नै राजनीतिक दल र तिनका अभियान लक्ष्यबाट सृजित नेताहरु नै हुन जोे देशको मार्गचित्र मात्र होइन भाग्य र भविष्यका आशाका विम्व हुन् । राजनीतिक दलहरु सामाजिक सेवाभावबाट जनताका हरेक दैनिकी देखि जिविकोपार्जन गर्ने सम्पूर्ण नीतिसँग सम्बन्धित रहन्छन् । राजनीतिले जब सिद्धान्त आदर्श, मुल्य, मान्यता, जनता प्रति समर्पण भाव प्रतिवद्धतासँग जोडिएको असलभाव नै आजको वास्तविक राजनीतिको सेवा हो, धर्म हो । नेतृत्व असलभएको खण्डमा परिवर्तन अवश्य हुनसक्छ । दृढ इच्छाशक्ति संकल्प अनि कठोर कार्यान्वयनले जनताको मुहारमा आशाको सञ्चार गर्दछ र देशको सुनिच्चित भविष्य प्रति भरोसा राखेको हुन्छ । नेपालको परिदृष्यलाई नियाल्ने हो भने हामीले थाह पाएदेखि वि.सं. २००७ साल, वि.सं. २०१७ साल, वि.सं. २०४६ साल र २०६२÷०६३ सालको जनआन्दोलन र वि.सं. २०५२ सालको विद्रोही कदम यी सबै कदमहरु राम्रोका लागि गरिएको थियो । शुरुवातिचरणमा जनताको पक्षमा सुहाउँदो नाराहरु तय गरिएका हुन्छन् ।
यी माथिका आन्दोलनहरुले व्यवस्था परिवर्तन गर्न सफल रह्यो तर अवस्थामा थप आँच आउन थाल्यो । आखिरी किन त ? यो सोचनीय छ । नीतिहरुको राजा राजनीति हो । जनतन्त्र, प्रजातन्त्र, राजतन्त्र, लोकतन्त्र, साम्यबाद र समाजवाद जस्ता कर्णप्रिय दर्शनलाई हामीले अँगाल्दा पनि आज हामी गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, शान्ति, सुरक्षा रोजगारी आत्मसम्मान जस्ता कुराहरुमा दृक्षतापूर्वक अगाडि बढ्नु पर्नेमा रसातल तर्फ मोडिनु निश्चय पनि चिन्ताको विषय हो । आज हाम्रो देश संसारको सबैभन्दा बढी सत्ता परिवर्तन हुने देशमा दर्ज भईरहेको छ । अझ सातवटा प्रदेशको राम कहानी त औंशी र पूर्णीमा जस्तो मुख्यमन्त्री र मन्त्रीहरु परिवर्तन भइरहेका छन् । नेपालका राजनितिक पार्टीहरु आज मेवाभावमा केन्द्रीत भएको कुरा तिनको व्यवहार र आचरणले मुखरीत गर्दछ ।
वास्तवमा जनताले जनताको लागि जनताद्वारा गरिने कार्य प्रजातन्त्र भनियो प्राचिनकालमा । तर नेपालका राजनीतिक दलहरुको अहिलेको व्यवहारलाई हेर्ने हो भने त्यो प्रजातन्त्रको उपहास नै हुन जान्छ । संसारको व्यवस्थाहरु परिवर्तन भएपछि अवस्था पनि परिवर्तन भएको हुन्छ तर नेपालमा भौतिक परिवर्तन केही भएपनि दिनमा १० हजार युवा विदेश रोजगारीको लागि गइरहेका छन् भने दर्जनौ बाकसमा युवाहरुको लास आइरहेको छ । यस्तो दर्दनाक अवस्था छ मुलुकको तर राजनीति गर्नेहरुले गम्भिर समीक्षा गर्न सकेका छैनन् ।
जनताहरु दिनानुदिन बाढी, पहिरो अनि चट्याङको प्रहारबाट प्रताडित छन् । नेपाली जनता खासगरी भूइमान्छेहरुको ठूलो संख्या मृत्यु तथा घाइतेहुने गरेका छन् । प्रत्येक बर्ष बाढी पहिरो तथा चट्याङ्गको कारणले मृत्यु हुने संख्या जनताले मात्र पनि भूकम्प पछिको रेकर्ड बनाएका छन् । नेपालमा दक्षिणपूर्वी क्षेत्रबाट वायु प्रभावित हुने क्षेत्र हो । नेपालबाहेक भुटान, त्रिपुरा र बंगालको खाडी चट्याङ्गको समयमा १ करोड भोल्टदेखि १ अरब भोल्टसम्म विद्युत प्रवाह हुने गरेको हुन्छ । जमिनको सतहबाट बगेर जाने क्रममा ४०% मृत्यु हुने गर्दछ भने सोझै चट्याङ्ग लागेर ५% मानिसको मृत्यु हुने गर्दछ ।
मार्चबाट शुरु भएर अगष्टसम्म यसको जोखिम अधिक हुने गर्दछ । मानिस बाहेक पशुपंक्षी जलनमा पनि किसानको क्षति करोडौको हुने गर्दछ । राष्ट्रिय विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कको अनुसार पहिल्लो १० बर्षमा २ हजार तीन सय असि वटा चट्याङ्ग परेर ८ सय ६६ जनाको मृत्यु, २ हजार ५ सय ७५ जना घाइते, ३ हजार ७५ परिवार प्रभावित ८३ हजार २ सय ४५ पशुचौपायाको क्षति पुगेको छ । सरदर ८७ जना प्रतिवर्ष मृत्यु हुने गर्दछन् ।
जर्मनी संस्था ‘जर्मन बाय’ ले सार्वजनिक गरेको पछिल्लो ग्लोवल क्लाइमेट रिक्स इन्डेक्स २०२१ को रिपोर्ट अनुसार विश्वमा नेपाल जलवायु परिवर्तनको १० औं स्थानमा पर्छ । हरेक १ डिग्री तापक्रम बढ्दा १० देखी १२% चटयाङ्ग पर्ने सम्भावना बढाउदछ । चट्याङलाई रोक्न सकिन्न तर क्षतिलाई कम गराउन सकिन्छ ।
यस्तै बाढी र पहिरोलाई नियाल्ने हो भने सिमलताल पहिरोले बगाएको कारण ६३ जनाले अनाहाकमा इहलिला समाप्त भएको दुःखत ताजा घट्ना भएको छ । यसपालीमा करीब १५० जनाले बाढी पहिरोबाट ज्यान गुमाउनु परेको छ । यसबर्षको २ महिना ठूलो संख्यामा जनधनको क्षति हुन गएको छ । मुख्यगरी बाढी पहिरो र चटयाङ्गले गतबर्ष यो अवधीमा ४ सय ५१ वटा घट्ना भएको छ ।
वि.सं. २०८० जेठ ३१ गते ३० दिनको तथ्यांक अनुसार ४२ जनाले ज्यान गुमाएका थिए भने यसबर्ष करिब १५० जनाको मृत्यु भइसकेको तथा बेपत्ता भएका छन् ।
वि.सं. २०८० जेठ ३१ गते ३० दिनको तथ्यांक अनुसार दुई हजार एकसय ६४ परिवार प्रभावित भएका छन् भने यसबर्ष एक हजार दुईसय ७२ परिवार प्रभावित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यो तथ्याङ्क गत वर्ष र यसरी हरेक बर्ष निरन्तर पिडितहरुको संख्या बढीरहेकोछ । आर्थिक क्षति जीउज्यानको क्षतिले आजसम्म संघीय संसद प्रदेश संसदको कुनै पनि बैठकमा जनप्रतिनिधिहरुबाट सरोकारको सन्दर्वमा कुनै पनि चासो हुन नसक्नु दुभाग्यपूर्ण नै छ ।
नेपालको संविधान २०७२ को प्रस्तावना तथा निर्देशक सिद्धान्तहरुलाई नजिकबाट नियाल्ने हो भने राष्ट्रहित, लोकतन्त्र अग्रगामी परिवर्तनका लागी बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसंस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसाथ गरि समतामूलक समाजको निर्माण गर्ने संकल्प लोकतात्रिक मुल्य र मान्यतालाई आधारित रही समाजवाद प्रति प्रतिवद्ध रहने, मोलिकहकको न्यायको माध्यामबाट न्यायपूर्ण व्यवस्था कायमगर्दै लोककल्याणकारी राज्यको स्थापना गरी राज्य व्यवस्थाको स्थापना गर्ने तथा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ गर्ने राज्यको राजनीति उद्देश्य छ भनि मूल संविधानमा लामो संघर्ष बलिदान राजतन्त्रलाई हटाएर जनतन्त्र स्थापना संविधान कानूनमा मिठाशब्द परोपकारी शब्द चयनगरी पढ्दा आनन्द प्राप्त हुने विधान पनि निर्माण गरियो तर जनताको नजरमा राज्यको अनुभूतिहुने प्रकृतिको आशा लाग्दा कर्महरुको खडेरीले देश आक्रान्त छ । एउटा गित छ, ‘जीन्दगी चल्न त चल्दै छ, पीरै पीरमा छ’ भन्ने भाव जस्तै नेपाली जनताको व्यथा त्यस्तै रहेको छ ।
चीनमा कुनै समयमा एक जना महिला गाउँमा बस्ने गर्दथिन । जसका सन्तान नभएर एकलै जीवन निर्वाह चलिरहेको थियो । उनी बसेको गाउँमा बाघ भालु पनि लाग्दथे रे । एक जना मानिसले तपाई यस्तो गाउँमा जोखिम मोलेर किन बस्नु हुन्छ अन्य नै सुरक्षित स्थानमा वस्नुहोस् भन्दा उनी भन्छिन्, ‘मेरो गाउँघरमा बाघ, भालु अन्य जोखिम भए पनि शान्ति सुरक्षा संरक्षण गर्ने विवेकशिल सरकार छ । राम्रो अभिभावक भएकोले म ढुक्क छु’ भन्ने जवाफ दिएपछि सोध्ने मानिस नै अचम्मित बनेका रहेछन् । राज्य अभिभावकको पनि अभिभावक हो ।
त्यस्तो स्वरुप लोककल्याणकारी राज्यमा रहनु पर्दछ । जनता प्राकृतिक अनिष्ठको कारणले गर्दा जीउज्यान त खेर गएको हुन्छ नै तर तिनका आश्रित परिवारहरु धनजनको क्षतिको परिपूरणको लागि स्थानिय तह प्रदेश सरकार र संघिय सरकारले घट्नाहरुको संकलन गरेर डाटा रेकर्ड राखी गृहमन्त्रालय प्रक्षेपण मात्र गर्ने कि त्यसको उपचारका लागि मानवीय संवेधनसिलता पनि रहनु पर्दछ । प्राकृतिक प्रकोपको घट्नाबाट विचल्ली भएकाहरुको लागि एउटा कोष तयार गरी प्रत्येक बर्ष बजेट विनियोजन गरी पीडितको आर्तहरुकमा चहराई रहेको घाउँमा मलम लगाउनु पर्दछ न कि बेखवर ।
एउटा चर्चित गीत छ नि, ‘मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन,’ कालगतिले सामान्य अवस्थामा मृत्यु हुने कुरा सामान्य हुन तर दैवि विपत्तीको कारणबाट आशा र काख भरोसा टुटेको एउटा सामान्य परिवारको त्यो दिनको सहारा त्यो सरकार अभिभावक हो कि होइन ? तिनका आश्रित परिवारको विचल्ली समाधानको दायित्व अभिभावकको रुपमा सरकारको हो कि होइन ? क्षति भएका पशुपंंक्षीको क्षतिपुर्ति प्रति राज्यको अनादेख गर्ने कि प्रभावकारी रुपमा उचित संयन्त्रको प्रयोग गरी ती निरिह किसानको आसु पुछ्नु राज्यको कर्तव्य हो कि होइन ?
संविधानको धारामा निर्देशक सिद्धान्तको नारा लगाएर पार्टीहरुका राजनैतिक दस्तावेजहरुको आवरणलाई तिलाञ्जली दिएर प्राकृतिक प्रहारबाट प्रताडित जनताप्रति राज्य अनुदार रहन्छ भने लोकतन्त्र र लोककल्याणकारी राज्यको भावनामा माथीको कुठाराघात हो । राज्य असहिष्णुताको पराकाष्ठ हो । राज्य भनेको जनताको पीडामा मलम लगाउँदैन भने त्यो असफलता प्रतिको घोतक मात्र होईन सम्पूर्ण व्यवस्थाको भावनाको प्रतिकुलता पनि हो ।
जहाँसम्म मेचीको बाढी पहिरोको प्रहारलाई महाकालीको शासक रहेछ भने दुःखनु पर्छ कर्णालीको भूकम्पको धक्का तेह्रथुमको शासक रहेछ भने मनन् गर्नुपर्छ । पश्चिमको तुइनको पीडा काठमाडौंको शासकले परिकल्पना गर्नुपर्छ । महाकालीको पीडामा मेचीको शासक भएपनि मानसपटलमा घोच्नु पर्छ अनि मात्र असली राष्ट्रवाद, समाजवाद उन्मुख गणतन्त्रले सार्थकता पाउन सक्दछ । आवाज विहिनहरुको आवाज र भुईमान्छेका नियतिका सन्दर्वमा अधिकतम विवेकका आँखाहरु खोल्नुपर्छ निदाउन मिल्दैन । ०००



0 comment