काठमाडौं - रुसको पूर्वी तटमा गएको ७.० म्याग्निच्युडको भूकम्पपछि ज्वालामुखी विष्फोट भएको छ । ज्वालामुखीका कारण हावामा खरानीको ज्वाला उडेको सिएनएनले जनाएको छ ।

आइतबार बिहान ज्वालामुखी विष्फोट भएको हो ।

राज्य संचालित मिडियाका अनुसार झण्डै एक लाख ८० हजार जनसंख्या भएको तटीय शहर जुन रुसको पूर्वी क्षेत्र कामचाटकाबाट लगभग २८० माइल टाढा रहेको जनाइएको छ । शिवेलुच नाम दिएको ज्वालामुखीले खरानी स्तम्भ बनाएको र समुद्री सतहबाट ८ किलोमिटर उचाइमा रहेको तासा न्यूजलाई उल्लेख गर्दै सिएनएनले जनाइएको छ ।

त्यहाँ मानिसहरू घाइते भए नभएको कुनै रिपोर्ट सार्वजनिक भएको छैन ।

रूसी एकेडेमी अफ साइन्सको सुदूर पूर्वी शाखाको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले ७.० म्याग्निच्युडको भूकम्पले गर्दा शिवेलुच ज्वालामुखी विष्फोट भएको उल्लेख गरेको छ। 

फोटोः सिएनएन