काठमाडौं - सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने तयारी गर्नुभएको छ
 
मुख्यमन्त्री शाहले पर्सि बुधबारका दिन विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन भन्दै आज प्रदेशसभा सचिवालयलाई पत्र पठाउनुभएको छ ।

बुधबारका दिन विश्वासको मत लिने गरी मुख्यमन्त्रीबाट पत्र आएको जानकारी सुदूरपश्चिम प्रदेशसभा सचिवालयले जनाएको छ । 

प्रदेशसभाको भोली बस्ने बैठकले पर्सि विश्वासको मतको लागि बैठक राख्ने नराख्ने निर्णय हुने सचिवालयको भनाई छ । एमालेको समर्थनमा गत साउन २० गते शाह मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।