काठमाडौं ।
राष्ट्रिय मातृभूमि पार्टीले बंगालादेशमा भएको आन्दोलन र त्यसबाट सिर्जित समस्याको बारेमा प्रेस विज्ञप्ति निकालेको छ । राष्ट्रिय मातृभूमिको विज्ञप्तिमा भनिएको छ नेपालमा राजनितिक दल र नेतृत्वले सुशासन समृद्धि र रोजगारीको नाममा जनता ढाटने गफ मात्र दिने गरेकोले अब जनतासँग प्रतिक्षा गर्ने समय निकै कम छ । अतः नेपालका सत्तासिनहरुले बेलैमा सुशासन दिन र जनतको समस्या सम्बोधन गर्न नसकेमा यी भन्दा अझै ठूला विद्रोह सामना गर्नुपर्ने सम्भावना नकार्न सकिन्न । अब नेपाली जनता जनार्दनले विश्व राजनीतिलाई नजिकबाट हेर्ने मात्र हैन आफूले मतदान गरेर पठाएका राजनीतिक दल र त्यसका नेतृत्वले के गर्दैछन भनी चनाखो भएर सचेत गराउने र सशक्त खबरदारी गर्नुपर्ने पनि देखिन्छ ।
0 comment