काठमाडौं - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिनुभएको छ । 

आज प्रदेश सभालाई सम्बोधन गर्नुहुदै पदबाट राजीनामा दिनुभएको हो । उहाँले सम्बोधनका क्रममा बोल्नुहुदै नेपाली कांग्रेस र नेकपा एमालेको माग बमोजिम मार्ग प्रशस्त गरेको बताउनुभयो।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री सोडारीले विश्वासको मतको लागि प्रस्ताव पेस गर्ने अनुमति लिएको भए पनि प्रस्ताव नगरेको बताउँनुहुदै बैठकलाई स्थगित गर्नुभएको थियो । 

नेकपा एकीकृत समाजवादीका दलका नेता सोडारी एमाले, माओवादी र नागरिक उन्मुक्तिको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।