काठमाडौं - सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिनुभएको छ ।

चौधरीले स्वकीय सचिव भक्त चलाउने मार्फत मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा पत्र बुझाएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सोडारीले भोली विश्वासको मत लिने कार्यसूची तय गरिएको छ ।

मुख्यमन्त्री सोडारीले भोली ४ बजे बस्ने प्रदेश सभाको बैठकमा सम्बोधन गरेर राजीनामाको घोषणा गर्ने तयारी गरेको बताईएको छ ।