नेपालमा क्रिस्चियन धर्मका प्रवर्तकहरूले भारतको दार्जिलिङबाट त्यस्ता शिक्षिका ल्याई स्थानीय जातिसँग मेल खाने गरी खटाएको पाइन्छ । विद्यालयका शिक्षिकाले धर्मको कुरा गरेकै कारण बालबच्चाले घरमा आएर धर्मको कुरा गर्छन् । क्रिस्चियन धर्मको प्रभाव जमाउनका लागि शेर्पा गाउँमा शेर्पा जातिकै शिक्षिका, किरातीहरूको बाहुल्य रहेको बस्तीको विद्यालयमा किराती शिक्षिका नै खटाइने गरेको छ । सो धर्म अँगाली प्रभूको प्रार्थना गर्नाले रोगब्याधी केही नलाग्ने झुठा प्रचारबाजीसमेत गर्ने गरेका छन् । त्यस्ता प्रचारबाजीले सोझासिधा जनताले क्रिस्चियन धर्म अँगाल्न थालेको छन् । यस्ता क्रियाकलापले नेपालको पहिचान, धर्म, संस्कृतिमाथि धर्मका नाममा षड्यन्त्रपूर्वक आक्रमण गरिरहेका छन् ।
धर्म परिवर्तनका लागि विदेशीहरूबाट कहाँ कसरी नेपालभित्र आर्थिक स्रोत भित्रिइरहेको छ भन्ने कुरा विभिन्न पत्रपत्रिकाले प्रकाशित गरिसकेका छन् । यसरी आक्रामक रूपमा क्रिस्चियन धर्मका प्रचारकहरूले यो पूण्यभूमिमा सांघातिक आक्रमण जारी राखेका छन् । हामी हिन्दू तथा बुद्धमार्गीहरूले त्यस्ता खतरनाक क्रियाकलापहरूको भण्डाफोर गर्न अग्रसर हुनुपर्छ ।
नेपाल हिन्दू तथा बौद्धको आधिकारिक थलो हो । हाम्रो मातृधर्म र अस्मिताको संरक्षण गर्नु हामी सबै नेपालीको कर्तव्य हो । मलाई लाग्छ– नेपाल एकीकरणको बेलामा राष्ट्रनिर्माता पृथ्वीनारायणबाट हतियार बनाउने र आफूलाई साथ दिन मुसलमानहरूलाई सँगसँगै गोर्खा भित्र्याएका थिए । त्यही बेलादेखि नेपालमा बसोबासो गर्दैआएका मुसलमानहरूले नेपालमा हिन्दू तथा बौद्धको आस्थामाथि चोट पुर्याउने काम गरेका छैनन् र गर्दैनन् । त्यस्तै ०६३ अघिका इसाईहरू पनि नेपालको धर्म, संस्कृति र अस्मिता नष्ट गर्ने पक्षमा थिएनन् । तर, ०६३ सालमा नेपालमा धर्म निरपेक्षको नाममा अर्बौं रकम खर्च गर्दै अमेरिका र युरोपियन राष्ट्रबाट धर्म परिवर्तन गराउन जे जस्ता दुष्कर्म भइरहेका छन् ।
अंग्रेजी साम्राज्यको बेलामा भारतमा धर्मपरिवर्तन गराउन सर्वप्रथम त्यहाँका हरिजन, तल्लो जातका समुदाय, बिरामी, गरिबहरूलाई पैसा र कथित सेवाको आडमा इसाई बनाइयो । पछि उनीहरूबाटै त्यहाँका हिन्दूहरूलाई पिट्ने, मार्ने र हिन्दूहरूको घरमा लुट मच्चाउने, मन्दिर भत्काउने आदि इत्यादि अवस्थाबाट भारतीय धर्म र संस्कृति नष्ट गर्न अनेकौँ कुक्रियाकलाप गरेर भारत वर्षको अस्मिता लुट्ने काम गरियो ।
सन् १८३५ मा लर्ड मेकालेले बेलायतको पार्लियामेन्टमा भनेका थिए– भारत वर्षमा इसाईकरण गर्ने हो भने इसाई बनेका त्यहीँका बासिन्दाहरूलाई सैनिक तालिम दिनुपर्छ । उनैद्वारा कट्टरवादी हिन्दूहरूलाई आक्रमण गराई तर्साएर क्रिस्चियन बनाउन सकिएन भने भारतका हिन्दूहरू कहिले पनि ब्रिटिसको पक्षधर हुने छैनन् । यसको लागि अंग्रेजी भाषालाई अनिवार्य गराउने र त्यहाँ संवत्हरूको सट्टामा इस्वी संवत्लाई लागू गरिनुपर्छ । त्यसप्रति भारतीयलाई आस्थावान् बनाउन सकेपछि मात्र भारतमा इस्ट इन्डिया कम्पनीले आफ्नो सम्राज्य कायम गर्न सक्छ । उनको यो विचारलाई बेलायती संसद्ले पारित गरेर कार्यान्वयन गरेको थियो ।
त्यसपछि प्रारम्भ हुन्छ इसाईहरूको आपत्तिजनक क्रियाकलाप र चलखेल । स्मरण रहोस्– विसं. १८०० मा पृथ्वीनारायण शाहबाट बनारस भ्रमणको बेला भारतमा इसाईहरूले हिन्दूहरूलाई मार्ने, काट्ने र अनेकौँ अत्याचार गरेको देखेर हिमवत्खण्डका विभाजित अनेकौँ साना हिन्दू राज्यहरूलाई एकसूत्रमा आबद्ध गर्ने प्रेरणा मिलेको थियो । भारत वर्षमा अवस्थित अधिकांश बासिन्दा हिन्दू थिए । उनीहरू सबैलाई क्रिस्चियन बनाउने इसाईहरूको उद्देश्य थियो । पृथ्वीनारायण शाहले यो कुरा बुझेका थिए । त्यसअघि नै पुण्यभूमिको संरक्षणको प्रेरणास्रोत पृथ्वीनारायण शाहले भनेका थिए– ‘यो नेपाल तखत किल्ला हो । ईश्वरले रचना गरेको किल्ला रहेछ । सबै जात छत्तीस वर्णको यो असल हिन्दूस्थान हो ।’
पृथ्वीनारायण शाहका पुरोहित शक्तिबल्लव अर्ज्र्यालले यस पूण्यभूमिको मुक्तकण्ठले प्रशंसा गरेका थिए– ‘जौन नेपालराज्य विषये हिमाल पर्वतका कन्दरादेखि… चारैतिरबाट मुनिजनहरूले सेवा गरिएका कौसिकीका धारा वेगले बहन्छन्, जहाँ प्रख्यात भएका नीलकण्ठ विराजमान भयाका छन्, सोही नेपाल देश हो । भारतमा पोर्तुगिज र त्यसपछिको अंग्रेजी साम्राज्यले हिन्दू अस्मिता नष्ट गर्न हर उपाय गरेका थिए । ०४४ र त्यसअगाडि पनि मैले भारतको गोवामा पोर्तुगिजहरूले कसरी हिन्दूहरू र हिन्दू अस्मिता नष्ट गरेका थिए भन्ने अध्ययन गर्ने मौका पाएँ । उसबेला गोवाका मन्दिरहरू भत्काएर चर्चमा परिणत गरिए ।
हिन्दू देवी देवताको कसैको टाउको काटेर फालिएको, कतै हात भाँचिदिएका कहीँ बीभत्स तरिकाले चिन्न नै नसकिने गरेर देवताका मूर्तिहरू नष्ट गरिएको अहिलेसम्म देख्न सकिन्छ । सन् १५६० पछि गोवामा अमानवीय क्रूर बीभत्स कार्य गरियो । त्यसबेला क्रिस्चियनविरोधीलाई जिउँदै जलाइन्थ्यो र हिन्दूहरूको सम्पत्ति चर्चको सम्पत्ति बनाइन्थ्यो । राम्रा–राम्रा हिन्दू महिलाहरूलाई अनेकौँ आरोप लगाएर बलत्कारपछि जिउँदै आगोमा जलाइन्थ्यो । यो क्रम सन् १८१२ सम्म गोवामा चलिरह्यो । हिन्दूहरूलाई मृत्युदण्ड दिँदा दुवै हात पछाडि बाँधेर खुट्टालाई जमिन नछुने गरी झुन्ड्याइन्थ्यो र झड्का दिएर मारिन्थ्यो । यस्तो बीभत्स घटनाको अध्ययन गर्दा गोवामा म भावुक बनेको थिएँ ।
अहिले नेपालमा त्यस्तै गर्न खोजिएको हो कि भन्ने शंका उत्पन्न भएको छ । अमेरिकी सरकारले माओवादीलाई आतंककारीको सूचीमा राखेको छ भने उता उसैको गुप्तचर संस्था सिआइए माओवादीको पूरा समर्थनमा छ भन्ने बुझिन्छ । यता माओवादीका नेता प्रचण्ड प्रोटेस्टेन र बाबुराम भट्टराई क्याथोलिक इसाई धर्मका अनुयायी हुन् भनिन्छ । अमेरिकी संसद्ले मिनरीहरूलाई विश्वमा कही पनि धर्मान्तरण गर्ने ठेक्का अमेरिकी कानुनले दिएको छ । संविधानमा उल्लेख नभए तापनि न्यायाधीशहरूले अमेरिकालाई इसाई देश मानेका छन् । अमेरिकी राष्ट्रपतिले संविधानको शपथ नलिएर बाइबल समातेर शपथ लिन्छन् । क्रिस्चियन मात्र अमेरिकाको राष्ट्रपति हुन पाउँछन् ।
अमेरिकाले आफूलाई जति नै प्रजातन्त्रवादी हुँ भनेर मानवअधिकारको बखान गरे पनि ऊ एक अप्रजातान्त्रिक र असहिष्णु राष्ट्र हो । यिनीहरू मानवअधिकार र प्रजातन्त्रको कुरा गर्छन् तर काम ठीक उल्टो गरेर अन्य राष्ट्र र धर्मविरुद्ध खनिन्छन् । क्याथोलिक र प्रोटेन्टेन्ट क्रिस्चियनले जनजातिको समर्थन गरेजस्तो गरेर पैसा बाँड्दै इसाई मिसनरीले जनजातिको धर्म र संस्कृति नष्ट गराउन उत्प्रेरित गर्छन् । नेपालमा पार्टीबाहिर र पार्टीभित्रका आदिवासी जनजातिका अगुवाहरूलाई फुटाएर प्रशस्त रकम दिएर दिग्भ्रमित गराउन थालिएको छ । यस स्थितिमा नेपालमा धर्मपरिवर्तन गर्ने इसाईलाई यो भूमिमा चलखेल गर्न नदिन हामी आफैँ सचेत हुनुपर्छ ।
दक्षिण अफ्रिकाका नेता नेल्सन मन्डेलाले भनेका छन्– ‘अफ्रिकामा पहिला इसाईसँग बाइबल थियो, हामीसँग जमिन थियो अहिले हामीसँग बाइबल छ र उनीहरूसँग हाम्रो जमिन छ ।’ भोलिका दिनमा नेपाललाई त्यत्तिकै खतरा छ । यसका लागि ०६३ सालपछि विनासहमति बनेका चर्चहरू सबै विनासर्त हटाइनुपर्छ र कुनै नेपालीले आफ्ना घरमा प्रशस्त भाडा दिइरहेका भए पनि इसाई कार्यालय राख्न दिन हुन्न । त्यसको साथै हिन्दू तथा बौद्धबाट इसाई बनेका तमाम जनतालाई आ–आफ्नै धर्मकर्म र रीतिरिवाजमा फर्कन आह्वान गराएर उनीहरूबाटै इसाईहरूको सैतेनी व्यवहारलाई बहिष्कार गर्न लगाउनुपर्छ । यो भूमिमा बाध्यतावश गरिबीको कारण वा मानसिक दबाबबाट धर्म परिवर्तन गरेका बबुराहरूलाई राष्ट्रिय अनुशासनमा राख्ने कुरा राज्यको कर्तव्यभित्र पर्छ ।
0 comment