भारतले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेर लामो समयदेखि नेपालको सीमावर्ती क्षेत्र खासगरेर तराईको समथर भू–भागलाई वर्षेनी डुबान हुनेगरी बाँध बनाइ रहेको छ ।

नेपालको भूमि डुबान प्राकृतिक कारणले हैन, अति वर्षातले पनि हैन, जनता खराब भएर पनि हैन, अन्जानवश पनि हैन । भारत सरकारका तीनै तह, केन्द्र, प्रान्त र स्थानीय ब्लक र ग्राम पञ्चायत स्तरबाटै जानीजानीनेपाली जमिन डुबान गराइन्छ । भारतीय तर्फबाट सीमाबलले निरन्तर संरक्षण दिइ रहेको हुन्छ जुन नेपालपक्षबाट भएको छैन ।

लक्ष्मणपुर बाँध, खुर्दलोटन बाँध, खाँडो बाँध जस्ता सीमावर्ती क्षेत्रमा बाँध बाँधेर पानीको निकास थुन्ने र आम मानिसलाई डुबानमा पार्नेजस्ता काम भैरहेका छन् । गैरमानवीय कार्य रोक्न नदीको पर्याप्त निकास खोल्ने बारे पनि नेपालका पीडित जनता चिच्याइ रहेका छन् तर इण्डियाले सुन्दै नसुनी कानमा तेल हालेर बसिरहेको छ ।

नेपाली नदीहरू, कोशी, कर्णाली, महाकाली र गण्डकीको पानीको बाँडफाँडसम्बन्धी छलफल पनि नगरी भारतलेमात्र उपभोग गरिरहेको छ । त्यस बाहेक नेपालबाट वहने अरू सयौं नदी, खोला खोलेसाहरू नेपाललाई वास्तै नगरी आफू खुसी तरिकाले प्रयोग गरेको छ । तल्लो तटीय हकले माथिल्लो तटियको हक हनन् गरेको छ । नेपाल कहीं बोल्न सक्तैन कहीं लेख्न सक्तैन । त्यही उद्देश्य पूर्तिका लागि नै नेपालका दलका नाइकेलाई अपाङ्ग बनाएर सत्तामा राखेको छ ।

व्यक्ति बेइमान हुन सक्छ, अपराधिक हुन सक्दछ, आतंककारी पनि हुन सक्दछ तर कुनै मुलुक नै अपराधी हुन्छ भने त्यो आश्चर्यको विषय हुन जान्छ । नेपालबाट भारतभित्र पस्ने हजारौं साना ठूला खोला छन् । नेपालभन्दा भारततिर ओरालो छ । पहिले नेपालको सिमानमा बाँध बाँधेर दायाँ–बायाँ भारतीय भूमि सिँचाइ गरिन्छ । त्यसले गर्दा नेपालपट्टी ताल परिदिन्छ । अन्ततः खोला र आसपासका जंिछमन घर गाउँ डुबानमा पर्दछन् ।

भारत पस्ने हजारौं नदी र खोला उत्तर–दक्षिण वहनछन । पहिले दायाँबायाँ खोलाका दुई किनारामा बाँध बाधिन्थ्यो, त्यसमा खास कुनै गुनासो थिएन । अब भारतले खोला नभएको ठाउमा अथवा पूर्वपश्चिमको भूमिमा पनि अग्लाअग्ला बाँध बाँधेर भारतीय गाडूलाई भलवाडीको डुबानबाट जोगाउन ५ देखि १६ मिटरसम्म अग्ला बाध बाँधिरहेको छ । ती बाँधले नेपालबाट भार ततिर बगेर जाने आकासे वर्षाबाट हुने पानीको प्राकृतिक वहाव थुनिन्छ । त्यसबाट बाँधको उचाइसम्म नेपालको खेतबारी, गाउँबस्ती सबै जलमग्न हुन्छ । नेपाली किसानका खेतबारी गाउँ र सार्वजनिक स्थान समेत डुबानमा  पर्दछन् । जन–जीवन अस्त–व्यस्त हुन्छ । गाइगोरु मर्दछन् । बालीनाली नष्ट  हुन्छन् । बर्षा बन्दभएपछि पानी जमिनले सोस्न र नदीतिर वहन पनि लामो समय लाग्दछ ।

यसले भारतको अर्थतन्त्र र जीवनस्तर सुध्रिदै गएको छ । त्यही अनुपातमा पूर्वपश्चिम सीमानाभरि भारतले बाँध बनाउने र भारतलाई जोगाउने अनि नेपाललाई डुबानमा पार्ने काम निरन्तर गर्दै आएको छ । एउटा बाँधको निर्माणले नेपालको भू–भाग १ देखि ३० कि.मि. सम्म डुबानमा पर्दछ ।

सप्तरिको कुनौलीमा १८ कि.मि. लामो बाँध बाँधिएको छ । यो बाँधले नेपालका दशवटा गा.वि.स. डुबानमा पर्दछन् ५०,००० जनसंख्या प्रभावित भएका छन् । यसको संरचना महली सागरको जस्तै छ । १० गाउँ डुबानमा परेपछि नेपालीले दुई ठाउँमा भत्काइ दिएका पनि हुन्, तर भारतले अचाक्ली गर्न छाड्दैन ।

यसको वास्तविकता केहो भने नेपाली भू–भागमा वर्षाको पानी जमाएर त्यो पानीबाट भारतमा रवी फसल सिँचाइ गर्ने गरिन्छ । त्यही रूपले बाँध बनाइएको हुन्छ । नेपालमा जम्मा गरेर भारतमा सिँचाइ गर्ने कस्तो लाजमर्दो कुरा छ । चुरेबाट आउने ३ वटा नदी र कोशीबाँधको चट्टानको पानी यहाँ जम्मा हुन्छ ।

सीमा क्षेत्रमा यस्ता संरचना बनाउनु अघि एक देशले अर्को देशको सहमति लिनु पर्ने र दुई देशबीच सम्झौता गर्नुपर्ने प्रावधान छ । अन्तर्राष्ट्रिय कानुन अनुसार पनि सहमति लिनुपर्ने हुन्छ । डुबान समस्या सम्बन्धी स्थाई समिति (SCIP) ले पनि त्यस्तो गर्न सहमति गरेको छ । तर अवसर छोपेरबार म्बार यस्ता माटाका र सिमेन्टका बाँध निर्माण गरिन्छ ।

नेपालको भूभागमा डुबानको विषयलाई लिएर गठन भएको बाढी तथा डुबान व्यवस्थापन संयुक्त टोलीको अध्ययनले पनि नेपाली भूमि डुब्नुमा भारत दोषी भएको ठहर गरेको छ । आवश्यक स्थानमा तटबन्ध नै निर्माण नभएको भेटिएको थियो । पहिलो अध्ययन अनुसार ७ स्थानमा र अको अध्यनमा सबै स्थानमा भारत दोषी भएको भेटिएको छ । तर समस्या समाधान गर्न भारतीय पक्ष राजी हुने गरेको भएपनि ’सीमा अतिक्रमण’ जस्तै भन्दै जाने र बिगार्दे पनि जाने क्रम भने चालु नै छ ।

सप्तरीको खाँडो नदीमा भारतीय पक्षले तटबन्ध नबनाएका कारण ्र नेपाली भूमि डुबानमा परेको छ । यस्तै सिराहाको खरौना मैनावत्ती र गगन नदीको जमेको पानीले लगनगोठ क्षेत्र डुबानमा पर्ने गरेको छ । पानी बगेर जाने स्थानमा बन्द भएपछि नेपालतर्फ तिलाची गाउँ डुबानमा पर्ने गरेको छ । महोत्तरीको रातु नदीमा भारतीय पक्षले बनाएको तटबन्ध र सर्लाहीको बकरी बारामा मुडाहा नदीको पानीले नेपाल डुबान भएको छ ।

त्यसैगरी रौतहटको लालबकैयामा गुहावटी गाउँ पुरै डुबानमा पर्ने गरेको छ । यही ठाउँमा भारतको बन्जरा गाउँ बचाउन नेपालतिर डुबान भएको छ । रिङबनगाउँ हरेक वर्ष डुबानमा पर्दछ ।
डुबानकै कारण कपिलवस्तुको भगवानपुर लोहरौलीका किसान आफ्नो खेतमा तीन पटकसम्म रोपाइँ गर्न बाध्य हुन्छन् । यो डुबान भारतले बनाएको महलीसागर बाँधका कारण हुन्छ । सामान्य वर्षा हुँदासमेत भगवानपुर गाउँको एक हजार हेक्टरभन्दा बढी जमिन डुबानमा पर्दछ । कहिलेको डुबानले त धानको बिउ नै नष्ट हुन्छ । असारमै धान रोपे पनि भारतले बाँध थुन्छ र नेपाल डुब्छ । कहिलेकाहिं सबै खेतदेखि बस्तीसमेत डुब्छ । भगवानपुर गाउँका घरमा दुई तीन फिट पानी जम्छ । यो बाँधले मात्र कपिलवस्तुका नौ गाउँहरू वर्षेनी डुबानमा पर्छन् । वर्षैभरि खाने अन्न सबै डुब्छ, नष्ट भएपछि गाउँमा अनिकाल पर्छ ।

नेपालका सबै दल भारतसित थरथर काँप्छन् । महलीसागरको यो समस्या धेरै लामो होइन, बाँध पञ्चायत कालमै सुरूभएपनि त्यसलाई पूरागरेको र नेपाली पक्षलाई हेपेको दलहरूको सरकार भएपछि मात्र हो । महलीसागरको समस्या २०५७ सालदेखि चर्किएको हो । बाँधमा पानी छेकिंदा कपिलवस्तुका भगवानपुर, बैदौली, रंगपुर, भैसहिया, परिहवा, लोहरौली, पर्सेया, रोजाहपुर, बगाहालगायत गाउँ डुबानको खतरामा छन् ।

कपिलवस्तुकै अर्को बाँधले यशोधरा गाउँपालिकाको खेतीयोग्य जमिन डुबाउँछ । त्यहाँ भारतले बाँध बाँधेसँगै काठको कजवे बनाएको छ । त्यहाँ चार फिट बाँध अग्लो बनाएपछि भगवानपुर बस्ती र सबै खेती वर्षेनी डुबानमा पर्छ ।

नेपाल सरकारले केही गर्न नसकेपछि वर्षेनी खेतीयोग्य जमिन डुबानमा परेपछि स्थानीय किसानको टोली नयाँ दिल्लीसमेत पुगेको थियो । भारतको हेपाहा प्रवृत्तिले नेपाली सीमा भूभाग डुबानमा परिरहेको छ । सरकारले त पूर्वदेखि पश्चिमसम्मका समस्या समाधानमा चासो दिनुपर्छ । सबै जिल्लामा बनेका सीमा बाँधमा पानी रोक्न नपाइने नियमलाई भारतले अटेर गरेको छ । विश्वले भारतको शठपन र हटपनको अनुमान गर्न सक्छ ।

यी ठाउँमा “दुई घण्टा पानी आउँदैमा डुबान भैहाल्दछ ।“ भारत सिद्धार्थनगर जिल्लाको क्षेत्रग्रामको डोहा गाउँ र नेपालको भगवानपुर गाउँबीचमा बाँध निर्माण भएको छ । बाँधका कारण नेपाल–भारत सीमास्तम्भ ५५३ र ५५४ समेत डुबानमा छन् ।
जनतालाई जीउज्यान, बालीनाली पाल्तु पशुको चिन्ता भइरहेको छ । बाँधको सुरक्षामा रहेका एसएसबी दुष्ट छन् । डुबे पनि ढोका खोल्दैनन् । ’माथिको आदेश नआई खोल्न मिल्दैन’ भन्दछन् । महलीसागरका बांधका १५ द्वारमा भारतले स्वतःछेक्ने बनाएको छ । कपिलवस्तुबाट निर्वाचित सांसद पनि केन्द्रमा केही बोल्दैनन् । ’नेपाली जमिन र बस्ती सुरक्षित गर्न बाँधको अवरोध हटाउनै पर्छ ।
सीमासंगसंगै पूर्व र पश्चिमतर्फ सडकका नाममा अग्लो ड्याम बनाइएको छ । हुलाकी सडकले पनि बाँधको काम गरेको छ । सडकका कारण पानी भारततर्फ निकास हुँदैन । भारतीय डोहा गाउँमा पहेलपुर धान फल्दा त्यही ड्यामका कारण नेपाली किसानको खेती डुबेको हुन्छ ।
कपिलवस्तुकै अर्को बजाहा बाँध र नवलपरासीको गण्डकमा बाँधकै कारण हजारौं हेक्टर जमिन डुबानमा पर्दै आएको छ । वर्षेनी डुबानले नराम्रो असर पर्दासमेत नेपालका राजदूतको त कुरै छाडौँ दलका नेतासमेत भारतसित बोल्नै डराउँछन् ।
यस्ता हेपाहापूर्ण कामले सम्बन्धमै असर पुगेको छ, तर भारतले वास्ता गर्दैन । भारतले नेपाललाई हेपेर उक्त बाँध भत्काउने आँट नै गर्नैपर्छ ।
नेपाल–भारत सन्धिअनुसार पानीलाई प्राकृतिक रूपमै बग्न दिनुपर्ने हुन्छ । तर भारतले सन्धीको सदा उल्लंघन गर्दै आएको । जुनबेला भारतले कच्ची बाँध बनाएको थियो त्यही बाँधलाई करिब आठ वर्षअघि पक्की बाँध बनाएको छ । बाँध आसपासमा ड्याम बनाउने विषयमा नेपाल र भारत सरकारबीच कुराकानी भए पनि उक्त छलफलमा नेपाल बोल्न नसकेका कारण निष्कर्षमा पुग्दैन । कपिलवस्तुको दक्षिणी भू–भागका नौ वटा गाउँ वर्षेनी डुबानको खतरामा छन् ।

नेपाल–भारतका सिमानामा भारतको ’थिचोमिचोका धेरै कथा छन् । ’खेत गयो परदेश, बिरानो भयो आफ्नै देश’ जस्ता भनाई मधेशवासीका व्यथा बनेका छन् ।

मेची नदीका दुई भँगालोबीचको वस्तीका मानिस, ’रात मात्र होइन भारतीय बजार पुग्नुपर्छ । अकस्मात विरामी भइयो भने अस्पताल नदेखी दिन कटाउन पनि मुश्किल’ भन्छन् । तिनलाई नुन, तेल, मरमसला किन्न पनि मर्नुपर्छ । झापाको भद्रपुर नगरपालिकाभित्रको महेशपुर गाउँ पञ्चायतकालको महेशपुर वडा नं. २ को कथा हो यो । तिनले वर्षोदेखि भुक्तमान र अपमान खेप्ते खाएका छन् । जनताले भन्छन् ’डुङ्गा चढी आउन सकेन बाटो विरानो भयो आफ्नै देश’ । यो झापाको सदरमुकाम नजिकैको गाउँको कथा हो । मेचीपारिको यो गाउँ आउनजान बल्लतल्ल नगरपालिकाले डुङ्गा राखिदिएको छ । मेची नदीका दुई भंगालोबीचको महेशपुर गाउँ भद्रपुर नगरपालिकामै पर्छ । हिउँदमा बगर नै बाटो बन्छ । बर्खामा डुङ्गा समात्नुपर्छ । पानी अझै बढ्दा यही डुङ्गा पनि चल्दैन । अनि मेचीपारिको गाउँ आफ्नै देशभित्र बन्दी जस्तै बन्छ ।

पूर्वमा मेची नदीपारीको गाउँ जस्तै पश्चिमको महाकाली पारी पनि दुईटा गाउँ छन् – चाँदनी र दोधारा । पञ्चायतकालमा ती दुईटै गाउँ पञ्चायत थिए । पञ्चायत प्रशिक्षण केन्द्रले त्यहीं गएर तिनको जीवनस्तर उठाउन तालिम दिन्थ्यो । नेपाल हो भन्ने जनिन्थ्यो । बल्लतल्ल नेपालले मुलुककै सबैभन्दा लामो पुल बनाएपछि पारिपट्टीका ती गाउँ कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरसँग जोडिएका छन् । तर यसैबीच भएको राजनैतिक परिवर्तनपछि बनेको दलीय सरकारले राजसंस्था र राष्ट्रियगान हटाए । झण्डा पनि हटाउने भनेका थिए । सायद त्यो हटाएर तिरंगा राख्न चाहन्थे । तिनले नदीपारीका गाउँ हटाएर नेपालको राष्ट्रिय गान बनाएका छन् । त्यसमा सुस्तार कालापानी मात्र हैन महाकाली जलविद्युत बनाउने नाउँमा पूरै महाकाली नदी क्षेत्र र नदीको जलभण्डारको स्वामित्व नेपालको भएकोमा सबै दलले हस्ताक्षर गरेर भारतलाई बेचे । कसले कति खाए तिनैलाई थाहा होला ।

पञ्चायतकालमा नारायणी नदी पारीको भू–भाग नेपालले उपभोग गरेको भएपनि यी दलहरूले पुरै सुस्ता गाउँपञ्चायतलाई नक्साबाटै मात्र हैन गाउँ नै हटाएका छन् । अब स्थानीय इकाइ नै छैन । त्यो पनि दलले नै हटाएका हुन्, बेचेका हुन् । अहिले त्यहाँ बिहारको राज छ । नेपाली नागरिकता भएकाहरूलाई आफ्नै घर आउन मेची र काली पारिका गाउँको जत्तिको पनि डुंगाको सुविधा छैन । नुनतेल किन्न भारतनै जानुपर्छ, गाली खानुपर्छ र बेइज्जत भोग्नु पर्दछ । तर केन्द्रमा भने दलका सरकार देश बाँडिचुडि खानमा मस्त छन् ।

भारतले बनाएका छेकबार बाँधका कारण दक्षिण तराइका गाउँ त्रसित छन् । अनि भन्छन् आफ्नै खेत गयो. परदेश हेन्यो । कहिले नदीले वाटो फेर्यो, कहिले सिमानाले बाटो फेर्यो ।’ मधेसको सीमाका गाउँको गीत भयो । तर उनीहरूको माटो फेरिएन । जीवनको स्तर फेरिएन ।