नेपालको राजधानी काठमाडौंमा जबजब जनसंख्याको बृद्धि हुँदै जान्छ तब तब फोहोरमा राजनीति शुरु हुन्छ । राजनीतिमा फोहोरको श्रृखलाले गतिलो डेरा जमाएको छ । फोहर शब्द भन्ने बित्तिकै हरेक नागरिकको दृष्टिकोण नकारात्मक हुन्छ भने नकरात्मक उर्जा, खराब चिज वा वस्तुको रुपमा बुझिन्छ । दशकौंदेखी बालकदेखी युवकसम्म, उद्योगपतिदेखि व्यपारीसम्म, पर्यटकदेखी आमनागरिकले फोहोरलाई घाँडो मात्र ठानेका छैनन् कि शहरको अभिसाफ मानेको पाइन्छ । 

ग्रामिण जनजीवनमा फोहरलाई उत्पादनसँग जोडेर प्रतिफल प्राप्त गरेका कारण फोहर बरदानको रुपमा परिणत गरिएको हुन्छ । हाम्रो देशमा ग्रामिण जनसंख्या क्रमशः शहरतर्फ केन्द्रीत हुन थालेको पनि ३ दशक हुन थालिसकेको छ । जसको कारण अव्यवस्थित शहरीकरणबाट सृजित अनियत्रित फोहर आज वातावरणिय र जनस्वास्थ्यका रुपले अति घातक ढँगले विस्तार भइरहेको छ । जसको कारणले राज्यलाई स्वास्थ्य चुनौति बढ्दो छ भने प्रतिफल पाउन सकिने दृष्टिकोणको खडेरीले गर्दा मोहरमय हुनुपर्ने फोहर आखिरी फोहोरमा सिमित भएकोले हरेक जनप्रतिनिधिहरुको नजरमा पनि फोहोरमय शहर टाउको दुःखाइको विषय हुन पुगेको छ । आज फोहोरको डंगुर शहरमा मात्र सीमित नभई सगरमाथा लगायतका हिमालहरु पनि प्रदुषणको शिकार भइरहेको चर्चा संघीय संसदमा पनि पेचिलो रुपमा उठान भइरहेकोछ । हरेक घर हरेक चोक चोक र गल्ली गल्लीहरुमा थुप्रिएको फोहोर कसले उठाइदेला र सफा शहर बन्ला भन्ने चिन्ता समाजका आम नागरिकको हुने गर्दछ तर आफुले फाल्ने फोहर बापत फोहोरदिनेबाट नै थप पैसा असुली गर्ने लामो श्रृखला चलिरहेको छ । स्थानिय सरकारले यसलाई जानिनजानी व्यवस्थापन गरिरहेपनि मुख्यतय प्रदेश तथा संघीयमा फोहरलाई कसरी हटाई जनतालाई प्रदुषित हुनबाट जोगाउने भन्नेमा सिमित सोचको कारणले गर्दा असिमित अवसरहरु असरल्ल रही सम्भावनाको खोजीमा विरक्तिएर निकास विहिन यात्रामा रहनु नै आजको मुख्य चुनौती हो । 

फोहोरबाट मोहरको सम्भावना

कुनैपनि देशको शहरसफा रहनु, प्रदुषण मुक्त हुनु, नदि पवित्र बहनु, स्वच्छ हावा बहनु जस्ता कुराहरुले सभ्यता सुन्दरतामा मात्र सिमित नरही मानव जीवनको हरपल हरक्षणको लागी चाहिने अत्यावसेक रत्न हो । यसर्थ फोहरबाट निस्कन सक्ने खराबतत्वलाई समयमा नियन्त्रण नगरेको कारणबाट नै सायद हाम्रो राजधानी विश्वकै प्रदुषित शहरको रुपमा दर्ज भइरहेको छ । हामी विश्वमा जलस्रोतमा दोस्रो ठूलो देश वनजंगलमा पनि ठूलो हिस्सा छ, विश्वका ८००० मीटर माथी उचाई भएका हिमालहरु यहिछन् । पहाडैपहाडले घेरिएको देश भएतापनि शहरी जनसंख्याको चाप र रापले ग्रसित भएकोले ठूलाशहरमा फोहोरलाई केवल फोहरबारेको रुपमा इगित गरिएको छ । फोहरलाई वास्तविक मोहर बनाउने कार्यभइरहेपनि ठूलाशहरमा सदावहार प्रदुषणको जड व्यवस्थापनको चुनौती अनि राजनीतिका साखको रुपमा प्रतिविम्वीत रहेको छ । 

विश्वका देशहरुले फोहरलाई मोहर बनाइरहेका छन् । यसलाई बहुआयामिक प्रयोजनका लागि प्रयोगगरी सुन्दर सहर सम्य सहरको रुपमा स्थापित गर्न सफल भएका छन् । हाम्रै देशमा पनि विभिन्न स्थानिय शहरमा वास्तविक मोहरमा बदल्ने कार्यपनि निरन्तर रुपमा चलिरहेको छ । 

चीनको वेइजिङले महानगरभित्र पैदा हुने फोहोरको ४०% भागलाई जलाएर उर्जामा बदल्ने कार्यको थालनी गरेको छ । जसको लागि ४ वटा फोहोर जलाउने भट्टी (इन्सिनेरेटर) निर्माण गरी प्रत्येक भट्टीले १५०० मेगावाट विद्युत उत्पादन गर्दा जम्मा ६००० मेघावाट विजुली निकाल्ने लक्ष्यको साथ अगाडी बढेको छ, जसले गर्दा फोहरलाई गाडने प्रथालाई अन्त्य गरी मोहरमा बदल्ने कार्ययोजना अगाडी बढाएको छ । सन् १९९१ सालमा जर्मनले ल्याण्डफिल्ड फोहोरलाई कसरी न्यूनिकरण गर्नको लागि महत्वपूर्ण निर्णय लिएको थियो । चारवर्षमा ६५% प्याकेजिङ फोहोरलाई पुनः प्रयोग र प्रशोधन विधिबाट उपयोग गर्ने परिपाटी बनाएपश्चात् ठूला प्याकेजिङ कन्टेनरको पुनप्रयोग हुन थाल्यो । थालनी गरेको ६ बर्षपछि ८६% प्याकेजिङ फोहोर पुनः चक्रीय विधीबाट पुनः प्रयोग हुन थाल्यो । प्याष्टिकको सट्टा काठ र सिसाको प्याकेजिङ थालेपश्चात १७% प्याष्टिक उत्पादन कटौती गरियो । यसको अनुसरण २८ देशले गर्न थाले फिनल्याण्डले ९५% पेयपदार्थ बोटललाई पुन प्रयोग विधी बनाईसकेको छ । नेपालमा सन् २००५मा नै बैकल्पिक इन्धन विना यन्धन निकोठने कार्यबाट सफल भए पश्चात् सन् २००७ मा वल्र्ड च्यालेन्ज २००७ नामक अन्तराष्ट्रिय संस्थाबाट काठमाण्डौ गल्कोपाखाका सानुकाजी श्रेष्ठ पुरस्कृत भए तर राज्यले यसलाई कुनै सम्बोधन गर्न सकेन बरु घरघरमा पाइपबाट ग्याँस भन्ने नारा एमाले नेता केपी ओलीले राम्रै ढंगले उठाएका थिए । जापानीसंस्था जाइकाले काठमाडौं उपत्यकाको ७०% फोहोर प्राङगारिकयुक्त मल बनाउन सकिने एक अध्ययनले देखाएको छ । प्लाष्टिक र शिशा बाहेक अन्य मल बन्छ छ भने शिशा र प्लाष्टिक पनि प्रशोधन हुनसक्ने देखिन्छ । उचित संयन्त्रको दरिलो साथ नभएको कारणले गर्दा फोहरमैला चुनौती पूर्ण नै बनिरहेको छ । दाङ जिल्लाको त्रिभुवन न.पा.ले त फोहोरलाई मोहरमा बदलेको दशकौं भईसकेको छ । जसले विधीबाट मलबनाउने तथा मौरीपालन गर्ने नगरपालिका स्यमले कवाडी सामान विक्रीवापत लाखौ आम्दानी गरीरहेको छ । 
यस्तै ललितपुर महानगरपालिका वडा नं. १,२ र १० नं. वडामा महिला वातावरण समिति (वेप्को) नामक गैरसरकारी संस्थाले महिलाहरु सहकार्यबाट प्रभावकारी संयन्त्र तयारगरी नमुना रुपले दशकौं देखि कम्पोस मल बनाई विक्री वितरण गरेको छ । त्यसैगरी पुनः प्रयोगीय कागजउत्पादन गड्यौलापालन, प्लाष्टिक देउ मल लेउ, वायो ग्याँस उत्पादन, गरी स्थानीय स्तर सक्रिय भएमा सजिलै फोहोर मोहर बनाउन सार्थक बनेको छ । त्यस्तै पछिल्लो समय भान्सा नै औषधालय नामक अभियानका संयोजक रोमलाल गिरी ज्यूबाट देशका विभिन्न स्थानमा गरिएको तालिमले फोहोरलाई बोर नभई मोहोर बन्न सक्दछ भन्ने जीवन्त प्रयासलाई स्थानिय तह र राज्यले पनि सार्थक पहल गर्नु पर्ने आवश्यकता छ । 
समस्याको समाधान तथा निष्कर्ष
फाहोरमैला व्यवस्थापन ऐन २०६८ ले फोहोरलाई स्रोतमा न्यूनिकरण, पुनप्रयोग प्रशोधन वा विसर्जन गरी फोहर मैलालाई व्यवस्थित तथा प्रभावकारी व्यवस्थापनबाट जनस्वास्थ्यलाई स्वच्छ वातावरणमा पर्न सक्ने प्रतिकुल प्रभावलाई कमगर्ने पवित्र उद्देश्यलाई परीपुर्ति गर्नको लागि ऐन र नियमावलीले व्यवस्था गरी सेवाशुल्क लिएर प्रशोधन व्यवस्थापन ल्याउनु फिल्ड साइडमा लैजाने कार्यको लागि निजीकम्पनीलाई प्रत्यायोजन गर्नको लागि स्थानीय तहलाई अधिकार दिएको छ । मन्त्रीको संयोजकमा समिति बनेकोछ तर अहिलेसम्म फोहोरलाइृ मोहर बदल्नेभन्दा जनतासँगै रकमलिएर फोहोर पञ्छाउन मा नै सिमित छ । विराटानगरमा केहीसमय पहिला भएको अध्ययनबाट कागज ८%, प्याष्टिक ९–१८ देखी १२–१६ कपडा, ३.०२, धातु ०.९२, काँच २.५०, रवर ०.५४% निर्माण सामाग्री २% तथा जैविक फोहोर ७०–८७% समेत गरी ९९.९७% कुहिने तथा नकुहिने फोहोरलाई प्रकृतिदेखि पुनः प्रयोग र पुन चक्रकरण गर्ने सकिन्छ भने ल्याण्डफिल्ड लानु पर्ने फोहोर जम्मा ०.०३% मात्र हुने कुराले फोहोरलाई मोहरमा बदल्न सकिने प्रचुर सम्भावना छ । हङकङले फोहोर प्रशोधनको बैज्ञानिक प्रणालीबाट फोहोरलाई मोहोरमा बदलीरहेको दृष्टिान्तलाई विदेशी पर्यटकले नियालेका छन् । 

केहीसमय अगाडी मेयर बालेन शाहले जैविक मल बन्नुपर्ने, रासायनिक मलले हाम्र्रो उर्भराशक्ती नष्टगरी उत्पादन हुन छोडने गरी माटो विगारीरहेका छौ । अनि खरबौं रकममा मलको नाममा राष्ट्रि ढुकुटीमा रजाई भइरहेको अनि हाम्रो माटोलाई मरुभूमि बनाईरहेकाछौ । हाम्रो राज्य र स्थानिय सरकार मिलेर हाम्रा अभियन्ताहरु हुन्तराम बैध, सानुकाजी श्रेष्ठ, रोमलाल गिरी बेप्को, संस्थाहरुको प्रयासलाई अध्ययनगरी राज्यले नै वातावरण बनाएको खण्डमा कृषि प्रधान देशमा जैविक मल उद्योगका निम्ती वातावरण वनाउनु पर्दछ । 

कुनै पनि फोहर कवाड पुनः प्रयोग ९९.९७% पुनप्रयोग हुनसक्ने प्रकृतिको रहनु भनेको सम्भावनाको खानी, उत्पादनको आधार, उद्योग र रोजगारीको प्रचुरता, वातावणीय सन्तुलन, औद्योगिक कच्चा पदार्थको प्रमुख स्रोत कवाड फोहोर मैला भएकोले यसलाई निषेध गरेर समाधान निस्कदैन । व्यवस्थित फोहर आजको आवश्यकता हो । 

अतः विश्वका शक्तिशाली देशहरुले फोहरलाई मोहोरमा बद्लेका छन् । वातावरण स्वच्छ राखेका छन् । फोहरलाई औद्योगिक कच्चापदार्थमा प्रयोग गरेका छन् । वातवणिय स्वच्छता तथा उर्जा उत्पादन गरेर उचित कदम चालेका छन् । हाम्रो देशकको शितल निवासमा वस्नेहोस् कि बालुवाटारमा बस्ने होस् । सिंहदरबारमा बस्ने होस् कि बुढानिलकण्ठमा, बालकोटमा बस्ने होस या बानेश्वर महलमा बस्ने होस् या झुपडीमा वातावरण सन्तुलन विग्रिएको खण्डमा सबै यसको चपेटामा पर्ने हुनाले राजनीतिमा फोहर फोहरमा राजनीति बन्द गर्नुपर्छ । स्थानिय तहलाई संघीय सरकारले प्राविधिक र आर्थिक सहजीकरण गर्नुपर्दछ । सिसडोल र बञ्चरे डाँडालाई प्रयोग गर्नु भन्दा प्रशोधन कारखानाको रुपमा विकास गर्ने हो र रोजगारको स्थापना गरी फोहोरलाई मोहरमा बदल्नका लागि लागीपरेको खण्डमा बहुजन हिताय बहुजन सुखाय स्थापना हुने निश्चित प्राय छ ।