२०१७ साल पौष १ गते ऐतिहासिक दिने हो । पौष १ गते भनेपछि कति आक्रोसित हुन्छन् कति खुसी हुन्छन् । तर पौष १ गतेको परिवर्तन अनिवार्य थियो ।
पौष १ गते नेपाल अधिराज्य र प्रवासका पौष १ गते राजा महेन्द्रको कदमको स्वागत गर्दे हर नेपालीका घर–घरमा स्वइच्छाले खुसीयालीकासाथ दिवावली बनाए । नेपालको इतिहासको यो महान कदम थियो । वास्तवमा पौष १ गतेको त्योबेलाको कदम नेपाली कांग्रेसको बिरुद्धमा नभएर भारतीय हस्तक्षको बिरुद्ध केन्द्रीत थियो । राजा महेन्द्रले त्यसबेला त्यो कदम नचालेको हुँदो हो त सिक्किम भन्दा पहिला नेपालको अस्तित्व निमिटयान्न पार्ने भारतको दाउ थियो । त्यसैले त्यो अनिवार्य थियो ।
खैर– २०१७ साल पौष १ गते राजा महेन्द्रबाट चालेको ऐतिहासिक कदम राम्रो–नराम्रो जे जस्ता मूल्यांकन गरिएता पनि त्यसको कारक न राजा महेन्द्र हुन् न योगी नरहरिनाथ हुन् । कांग्रेसी कार्यकर्ताहरूको घमण्ड, चुरिफुरी, षडयन्त्र एवं ब्याप्त भ्रष्टाचारको कारणले एकबर्ष नपुग्दै कांग्रेसको सत्तासँग जनता वाक्क भइसकेका थिए । प्रधानमंत्री बीपी कोइराला लगायत कांगे्रसी मंत्रिहरूलाई नचाहिदा झुठा कुरा लगाएर राजा र कांग्रेस बीच फाटो ल्यायने काम कांग्रेसी कार्यकताृहरूले गरेकाले वास्तविकता नबुझी बीपी कोइराला बिस्तारै राजा बिरोधी हुन पुगेका थिए ।
वास्तवमा बीपीलाई आदर गर्ने मध्येमा राजा महेन्द्र मानिन्थे । बीपीको पनि राजा महेन्द्रसँग नराम्रो संवन्ध थिएन । तर बिस्तारै कांग्रेसी कार्यकर्ताहरूको चुरिफुरी र आडम्वरले कांग्रेस आफै अलोकप्रिय हुनलागेको थियो । उता भारतीय बिस्तारवादको बढ्दो हस्तक्षेपले नेपालको अस्तित्व खतरामा थियो । त्यसमा कारक बन्न पुग्यो योगी नरहरिनाथको सक्रियता ।
नेपाली कांग्रेस समाप्त पार्न योगी नरहरिनाथलाई राजाले अधिकारपत्र दिएर पठाएका छन् भन्ने झुठो आरोप बीपीलाई सुनाइएको थियो । २०१७ साल साउन महिनामा नेपाली कांगे्रसका कार्यकर्ता भनिएका तर गोर्खापरिषदका व्यक्तिको नेतृत्वमा गोर्खामा ठूलै लुटपाट मच्चियो । नेपाली कांगे्रसका कार्यकर्ताहरूको थिचोमिचो पनि बढदै गएको अवस्थामा कर्मवीर महामण्डलका अध्यक्ष योगी नरहरिनाथ पनि असोजतिर गोर्खा पुगेका थिए । २०१७ साल कार्तिक ९ गते दिउँसो ३००० जति मानिसहरूको जुलुस कर्मवीर महाँमण्डलको झण्डा लिई “नेपाली कांगे्रस ध्वोका हो, पक्षपाती सरकार मान्दैनौं” भन्ने कांगे्रस विरोधी कडा नारा लगाउँदै अड्डा अगाडि जुलुस आउँदा प्रहरीहरूसंग भिडन्त भई ढुङ्गामुडा लाठी चार्जपछि गोलीकाण्ड भयो जस्मा ७ जना ठहरै मरेको र १० जना गोलीबाट घाइते र ७ । १० जनाको हातखुट्टा भाँचिएकाले सम्हालिन नसक्ने आतङ्कको सिर्जना भयो ।
यी सबैकुरा योगी नरहरिनाथको उघ्र भाषणको कारणले भएको भनियो । कार्तिक ९गते गोर्खाकाण्ड भयो । नरहरिनाथलाई पक्राउ गर्ने आदेश पनि भयो । तर गोर्खामा योगीजी कतै भेटिएनन् । गोर्खाकाण्ड भएको तेस्रोदिनमा योगी नरहरिनाथ जम्लामा देखिएको हल्ला आयो । जवकि कस्सिएर हिडदा गोर्खाबाट जुम्ला पुग्न १० दिन लाग्छ भने कसरी योगीजी पुग्नु भयो ? यसैमा फेरि सबै रुमल्लिए । योगीजीलाई कत्तिले उठ्नसक्ने क्षमता थियो पनि भन्ने गर्थे ।
२०१७ साल काण्ड हुन जाने कारणको एक घटनाको संझना आउँछ । राजा महेन्द्र बेलायत गएको अवस्थाछ । ‘योगीलाई कांगे्रस मास्न राजदरबारले लिखत दिएर पठाएको छ’ भन्ने झुठा रिपोर्ट वि.पी.का कानमा पार्न थालेकाले वि.पी. पनि त्यही कुरालाई विश्वास गरेर बोल्न थाल्नु भएको र बेलायतबाट राजा महेन्द्र फर्केर आएपछि योगीसँग मुछेर प्रधानमंत्रीले दिएका वक्तव्यहरू संवन्धमा राजा महेन्द्रलाई चित्त नबुझेकाले प्रधानमंत्रीलाई बोलाएर (बेलायतबाट ल्याएका उपहार श्रीमती प्रधानमंत्री सुसिलालाई छालाको ब्याग, विपीलाई टेपरिकर्डर,घडि, ब्रास्लेट राजाले दिद)ै पौष १ गते भन्दा दुईदिन अगाडि राजाले सोधेको कुरालाई लिएर-
वि.पी.ले आफ्नो आत्मवृत्तान्तमा भनेकाछन्– ‘तपाईले हामीलाई किन मुछ्नु भो त्यो जोगी काण्डमा ? वीना प्रमाण किन वक्तव्य दिनु भयो ? हामीलाई दोष लगाउनु भयो ?’ ‘सरकार ! मैले होइन जोगीले मुछेको छ । जोगीलाई कारवाही हुँदैछ ।’ ‘तपाईले त्यो कारवाही हुँदाहुँदै किन पब्लिक वक्तव्य दिनु भयो ?’ भनेर राजाले गुनासो गरेको कुरालाई लिएर वि.पी.ले भनेकाछन्– ‘महाराजाधिराजले मलाई आदेश बक्सेकोछ कि यो धर्म नमान्ने प्रधानमंत्री र त्यसको सरकारको विरुद्ध बिद्रोह गरेहुन्छ भनीकन उ हिडथ्यो ।’ राजा महेन्द्र र प्रधानमंत्री कोइराला वीचको संवन्ध विच्छेत्को अध्यायनैं यहींबाट शुरु हुन्छ ।
तर गोरखाकाण्ड र योगी नरहरिनाथ वीचको वास्तविकता त्यस्तो थिएन । ‘कर्मवीर महामण्डलले गरेको अनुरोध अनुसार रु.५०० चन्दा श्री ५ महाराजाधिराज सरकारबाट बक्सेकोछ’ भन्ने कुरा राजा महेन्द्रका सैनिक सचिव शेरबहादुर मल्लले लेख्नु भएको कागज योगीजीले बोक्नु भएको र त्यही कागजलाई अरुहरूले पनि देखेको हुँदा त्यसैलाई राजदरबारबाटै कांगे्रसको विरोधमा जनतालाई बिद्रोह गराउन योगीलाई पत्रदिई पठाइएको थियो भन्ने भ्रम खडा गराएर वि.पी.समक्ष पोल पु¥याइएका कारणले राजा र प्रधानमंत्री वीचमा फाटो पार्नेे जालो बन्नगयो । त्यसैले खोजीको विषय धेरै छ । षडयन्त्र नेपालमा राजनीतिक परिवर्तनको कारक बन्दै आएको छ । त्यही षडयन्त्रको जालो २०१७ सालको परिवर्तनभित्र पनि छ ।
योगीजी हाम्रो बीचमा नरहे पनि उनलाई नेपाली समाजले बिर्सन सक्तैन । गोर्खा काण्डपछि कांग्रेसी सरकारले योगीजीलाई जुम्लाबाट पक्रेर मार्ने निर्णय गरी सेनाको कर्नेलको जिम्मा दिएको रहेछ । सेनाका कर्नेलको नाम संझना भएन । गोबे्रला, बर्दीयाका चौतरिया नारायणजंग शाह, योगीजीका शिष्य योगी बलभद्रनाथ तथा परमानन्द बराललाई थाहाछ) । कर्नेलले त्यो दुस्कर्म गर्न नसकेर कनार्ली नदीमा हात्तीमा चढाएर नदी पार गराउन माउतेलाई लगाए छन् । योगीजी मरे पनि देख्न नपरोस भन्ने कर्नेलले ठाँनेको थियो होला ।
माउतेले नरहरिनाथलाई हात्तीमा चढाएर हात्ती कर्नालीमा तरिरहेको बेला माउतेको त समात्ने ठाउँ थियो, गुरु नरहरिनाथ कर्नार्लिमा हुत्तिएर पौरिएर पार हुनखोज्दा पारीबाट गोली चलाइउको देखेर आत्मरक्षाको लागि एककिलोमिटर पौरिएर बाँचेको कुरा उहाँकै मुखबाट सुनिएको हो । भगवानले योगीजीलाई पौडिने क्षमता दिएको रहेछ । योगीजी जस्तो देशभक्त महान खोजकर्ताले बाँचिन्जेल षडयन्त्र नैं षडयन्त्रको घेरा तोडेर पनि नेपालको लागि ठूल्ठूला योगदान गरेका हुन् । विदेशीहरूको आडमा सत्तासीनहरूको सर्वसत्तावादी व्यवहार, झुठा र षयडन्त्रको कारणले नेपालको इतिहास यसरी नैं रक्तरञ्जित हुन पुगेको छ ।
योगी नरहरिनाथ नेपालको एक अमूल्य नीधि हुनुहुन्छ । योगिजीका कीर्ति, ऐतिहासिक खोज र अनुसन्धानहरू नेपालको इतिहासका खोजपूर्ण स्रोत हुनपुगेका छन् । उनी इतिहास निर्माणका योद्धा हुन् । वि.सं. २००७ सालमा पृथ्वीनारायण शाहका दिव्य उपदेश प्रकाशित गर्नु भएको र त्यसैगरी इतिहास प्रकाशन संधिपत्र–संग्रह– सात भागसम्म, शिखरिणीयात्रा, गोर्खा वंशावली, हिमवतखण्ड, नेपालका चौध अञ्चल आदि इत्यादि ग्रन्थहरू प्रकाशित गराएर देशको लागि ठूलो योगदान गर्नु भएकोछ । योगी एक सफल अन्येषक मात्र नभएर एक कुशल वक्ता पनि हुनुहुन्थ्यो । घण्टौंसम्म बोल्दा पनि उहाँ थाक्न हुन्नथ्यो ।
दिव्य उपदेशमा पृथ्वीनारायण शाहले उसैबेला भनेका थिए– ‘उप्रान्त यो राज्य दुई ढुङ्गाको तरुल जस्तो रहेछ । चीनको बादशाहसँग ठूलो घाहा (राम्रो संवन्ध)राख्नु, दषिनको समुन्द्रको वादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ । देशका महाजनहरू हम्रा मुलुकमा आया भन्या दुनिया कंगाल गरी छाडछन् ।’
राष्ट्रनिर्माताका दिव्य उपदेशहरू सम्पूर्ण नेपालीहरूका लागि सँधै अजरअमर छ । पृथ्वीनारायण शाहले भ्रष्टचारीको विषयमा भनेको थिए– ‘नियानिसाफ बिगान्र्या भनेको घुस दिन्या र खान्या हुन् यी दुईको ता धन जीव (राष्ट्रियकरण) गरिलियाको पनि पाप लाग्दैन ।’ दिव्य उपदेशमा उल्लेखित मार्गदर्शनलाई मूलनीतिको रुपमा अपनाउन सकेको खण्डमा नेपालले यसरी भौतारिएर हिड्नु पर्ने छैन ।
योगीजी थापाकुलमा जन्मिएर पनि विद्वान ब्राम्हण भन्दा माथिको कहलिनु भयो भने डा. स्वामी प्रपन्नाचार्य पनि राई बंशमा जन्मिएर पनि सिद्धहस्त ब्राम्हण भन्दा उच्चकोटीको मानिनुहुन्छ । स्वामी प्रपन्नाचार्य पनि वेदका प्रकाण्ड विद्वान हुनुहुन्छ । उहाँले विद्यापारिधि वेदमै. गर्नु भएको हो । योगीजी र इतिहाविदे नयराज पन्त, इतिहास शिरोमणि बाबुराम आचार्य, सूर्यविक्रम ज्ञवाली, धनबज्र बज्राचार्य, शंकरमान राजवंशी, नयराज पौडयाल आदि इतिहासकार र खोजकर्ताहरूसँग नरहरिनाथको छलफल हुन्थ्यो । योगीजी भन्नु हुन्थ्यो– सुनलाई कसी लगाएको जस्तै हो छलफलबाट निस्किएको निचोड ।
पछिका दिनमा योगीजीको स्वामी प्रपन्नाचायसँग संगत बढेको थियो । योगीजी भन्नुहुन्थ्यो– ‘’विश्व विकासको जगज्जेष्ठ हिमालय हो । मानव जेष्ठ हाम्रो दर्शन जेष्ठ हो । मनु यहीं जन्मेका, वेद यही ज्नमेका, उपनिष तराईमा बनेका हुन् । हाम्रा पुर्खाहरू कतैबाट आएका भनिन्छ, हाम्रो मूल थलो यही हिमवतखण्ड नेपाल हो । नेपाल नैं सभ्यताको मूल थलो हो । मानव सभ्यताको थलो हिमालयको फेद् हो । हामीले हाम्रो राष्ट्रियतालाई गौरव संझनु पर्दछ । हामी यहींका रेथाने हौं, भगुवा होइनौं । हाम्रो देशलाई हामीले नैं समृद्ध बनाउन सक्नुपर्दछ । विदेशी सहायताले हामीलाई बिगार्छ । काम गर्दा सानो हुन्छु भन्ने भावना राख्नु हुन्न ।’
नरहरिनाथ जस्तो एक अमूल्य स्रस्टा राजनीतिक उथलपुथल र परिवर्तनको कालखण्डमा मुछिनु भएकाले यागी नरहरिनाथलाई एक विवादास्पद व्यक्तिको रुपमा पनि एकपक्षले हेर्ने गरेको छ । तर २०१७ सालको राजनीतिक परिवर्तन होस् वा २०३६ सालको जनमतसंग्रह वा २०४६को सत्ता परिवर्तन होस् सबैमा योगीजी मुछिनु भएकोछ । पञ्चायतकालमा नयाँ शिक्षा योजना कार्यान्वयनको बिरद्धमा उहाँ सशक्त बिरोधमा उत्रिएकाले आफ्नो प्रभस्त्वको बेलामा नक्कली आरोप लगाएर डा. मोहम्मद् मोहसीनको भित्री आदेशमा अपमानीत तरिकाले जेल पनि पर्नु भएको थियो ।
योगीजी विद्वान मात्रै होइन । अपितु राष्ट्रवादी, भाषाविद्, दार्शनिक र तथा वैदिक वा वङमयका चिन्तक हुनुहुन्थ्यो । चार वेदका ऋचाहरू योगीजीलाई कण्डस्त थियो । कतिपय योगीजीलाई मान्छेको कम्प्यूटर भन्थे । कुनै पनि रोग–व्यादको लागि नेपालका जरिबुटी कुन कहाँ छन् कुन जरिबुटी के रोगको दबाई बन्छ भन्ने कुरा योगीजीमा कण्ड थियो ।
योगीजीको सद्व्यवहारबाट जोकोही पनि प्रभावित हुन्थे । विक्रम संवत् १९७१ फाल्गुण १७ गते जन्मिनु भएका योगी नरहरिनाथको २०५९ साल फाल्गुण १४ गते स्वर्गारोहण भयो । सिद्धहस्त योगी नरहरिनाथलाई षडयन्त्रमा फसाउने कार्य भए। । यसरी राजा महेन्द्र र बीपी कोइरालाबीचमा अनेकौं षडयन्त्र गरेर राजा र प्रजातन्त्रको फाटो ल्याउने खोजिएको परिणाम अहिलेसम्म नेपालले राम्ररी खुट्टाटेक्न पाएको छैन ।
२०६३ सालपछि गणतन्त्र, धर्मनिरपेक्ष, संघीयता यी सबै नेपालको अस्सित्त्व समाप्त गर्ने खेल हुन् । २०१७ साल पौष १ गतेको परिवर्तन नेपाली कांग्रेस विरुद्ध नभएर नेपालको राष्ट्रियताको सुदृढीकरणको कदम थियो । राजा महेन्द्रको विचारबाट पराजित भएकाहरू सत्ता कब्जा गरेर नेपालको राजनीतिलाई अन्योलग्रस्त बनाएर लुट मच्चाउने खोज्नु हो । २०४६ सालपछि नेपालमा वहुदलीय व्यवस्थाको पुर्नस्थापना पछिका राष्ट्रघाती भ्रष्ट व्यवहार र २०६३ साल पछिको खतरनाक अवस्था हेर्दा सम्पूर्ण देशवासीहरूले ६० बर्ष अगाडि राजा महेन्द्रको कदमको संझना गरिरहेका छन् । अहिले २०१७ सालभन्दा राष्ट्रको बिकराल अवस्था छ । अहिले नेपाली जनता निरास छन् । नेपाली जनताको विचारमा विभाजित गराइएको छ । जनता टुक्रिएका छन् ।
राजा महेन्द्रले समृद्ध, सार्वभौम नेपाल र नेपाली जनताको सुख समृद्धिको लागि जे जति काम गरे त्यो सबैको सामु अझै ताजा छन् । स्मरणहोस्– २०१७ साल अगाडि विदेशीहरू नेपालको जग्गा–जमीन खरिद गर्न स्वतन्त्र थिए । २०१८ सालमा राजा महेन्द्रबाट कुनै पनि बिदेशीलाई नेपालको भूमी खरिद गर्न रोक लगाइयो । नेपालको एक जिल्लाबाट अर्को जिल्ला जान भारतकै बाटोबाट हिंड्नुपर्ने बाध्यता थियो । राजा महेन्द्रबाट २०१८ सालमा पूर्वपश्चिम राजमार्गको गैलाकोटमा शिलान्यास गरेर भारतीय पीडाबाट मुक्त गराउने काम भयो ।
नेपाली भाषालाई अधिराज्यभर राष्ट्रभाषामा निरन्तरता दिलाइयो । २०१७ साल अगाडि, नेपाली भुमीमा ९० प्रतिशत भारतीय मुद्रा चलनचल्तीमा थियो, त्यसलाई हटाई नेपाली मुद्रालाई अनिवार्य प्रचलनमा निरन्तरता दिएर स्वाभिमान कायम गरियो । नेपालको सुरक्षार्थ बसेको भारतीय फौजलाई बिनासर्त राजा महेन्द्रबाट धपाउने काम भयो । हिन्दू अधिराज्यलाई ससम्मान संविधानमा उल्लेख गरेर भारत र विश्वभरका हिन्दुहरूमा सकारात्मक संदेश दिइयो, २०२० साल भाद्र १ गते नयाँ मुलुकी ऐन घोषणा गरी छुवाछुत, जातिभेद र लिङ्गभेदको नीति तोड्ने अथक प्रयत्न गरेको, २०२१ सालमा भूमिसुधार ऐन घोषणा गर्दै बिना रक्तपात जमिन्दारी प्रथा, बिर्ता उन्मुलन गर्दै जग्गा जोत्ने मोहीहरूको अधिकार सुरक्षित राखेर असंख्यौं जग्गाविहीनहरूको उद्गार गरे । राजा महेन्द्रले २०१७ सालमा कदम नचालेका भए नेपालको अस्तित्व पहिल्यै समाप्त हुन्थ्यो ।
भारत रिसाउछ भन्ने डरले कांग्रेसी नेताहरू राष्ट्रिय एकताका कुरा पनि उठाउन चाहँदैन थिए । सन् १९५० को सन्धि र दिल्ली संझौता हावी थियो । कुनै पनि स्वतन्त्र एवं सावैभौमसत्ता सम्पन्न राष्ट्रको संरक्षण अर्काका देशको फौजबाट हँदैन, आफ्नै देशका फौज चाहिन्छ । एउटा स्वतन्त्र राष्ट्रका आफ्नै मुद्रा हुन्छ, आफ्नै भाषा हुन्छ । आफ्नो देशको भूभाग खरिद बिक्री गर्ने सम्पूर्ण अधिकार आफ्नै देशका जनताको मात्र अधिकारमा रहन्छ, विदेशीहरूको कुनै अधिकार हुँदैन । भारतमा त्यहाँका जनताले भारतीय नागरिक भएरै पनि सिक्किम र काश्मिरमा जग्गा किनबेच गर्न पाउँदैनन् भने नेपाल जस्तो सार्वभौंम राष्ट्रमा भारतीयहरूको यस्तो हेपाहा प्रवृत्ति कहिलेसम्म ?
नेपालका एउटा महान देशभक्त राजा महेन्द्रको असामयिक रूपमा २०२८ साल माघ १७ गते ५२ वर्षको उमेरमैं देहान्त हुन गयो । मुलुक रोयो । विश्वभरबाट समवेदना आए ।
विश्वका अरूहरू राष्ट्र जस्तो नेपाल होइन । राजासँग संझौता भएर २०६३ साल वैशाख ११ गते आन्दोलन रोकिएको थियो । राजाकै कारणले आन्दोलन सफल मानिएर विजय जुलुस मनाइयो । तर बिस्तारै एकपछि अर्को गर्दै संझौता र सहमति तोड्दै गणतन्त्र, धर्मनिरपेक्षता, जातीय आधारमा संघीय राज्यको अवधारण अगाडि सार्नु यो कति ठूलो धोका हो ? देशलाई धोका दिएर कांग्रेस, एमाले र माओवादीहरू नैं राष्ट्रघातका अगुवा बने । अव गन्हाएका कांग्रेस, एमाले, माओवादीका भ्रष्ट अनुहारहरूको कसैबाट समर्थन हुने अवस्था अव छैन ।
अव कुनै हालतमा पनि नेपालका राजसंस्थाको उपस्थितिमा हिन्दुअधिराज्यको संरक्षण गर्दै देशका पहिचानहरू बचाएर यो देशको चौतर्फी विकासमा सम्पूर्ण शक्ति केन्द्रीत हुनसक्नु पर्दछ ।
0 comment