Contrite  =  ठुलो गल्ती गरेकोमा पछुताउनु She was contrite the entire week after she behaved very badly with her husband  आफ्नो लोग्नेसँग नराम्रो व्यवहार गरेकोमा तिनले पुरै हप्ता पछुताइन् ।

Disinterested = तटस्थ, निस्वार्थी The only disinterested people if work keeping in mind the professional ethics are journalists पेसागत धर्मलाई साक्षी राखी काम गर्छन् भने पत्रकारहरू जस्तो तटस्थ र निस्वार्थी अरु कोही हुन सक्दैन ।

Exult = रमाइलो गर्नु  We should exult if our team won the match हाम्रो टिमले म्याच जित्यो भने हामीले रमाइलो गर्नु पर्दछ ।

Fruition = प्राप्ति, उपलब्धि, फल The completion of the project marks the fruition of our hard work यो योजनाको सफल कार्यान्वयन हाम्रो कडा परिश्रमको फल हो ।

Gustatory  = स्वादिलो The gustatory menu of this restaurant has attracted many costumers यो रेस्टुराँको स्वादिलो खानाको सूचीले गर्दा धेरै उपभोक्ताहरू यस रेस्टुराँप्रति आकर्षित भएका छन् ।

Holocaust = आगजनीबाट भएको क्षति The city was totally destructed by the holocaust पुरै सहर आगजनीबाट ध्वस्त भएको थियो ।

Indolent  =  अल्छी  Since heavy lunch makes me indolent, I prefer light meal during day time दिउँसोको टन्न खानाले मलाई अल्छी बनाउँछ, त्यसैले म दिउँसोको बेला हलुंगो खाना मनपराउँछु ।

Loutish = अश्लिल पाराको She does not like his loutish behaviour उनी उसको अश्लिल व्यवहार मनपराउँदिनन् ।

Muse  = गहिरिएर सोच्नु While musing about the past, he ignores everything around him जब जब ऊ बितेका दिनतर्फ गहिरिएर सोच्न थाल्छ आफ्नै वरिपरिको कुराहरूको पनि उसलाई वास्ता हुँदैन ।

Niggardly  = नाम मात्रको  Five hundred rupees a month of a niggardly pittance to the elders has no meaning जेष्ठ नागरिक भनी दिइएको महिनाको ५०० रुपैयाँको नाम मात्रको भत्ताको कुनै महत्व छैन ।

Give बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस

Give somebody to believe = कसैलाई विश्वास दिलाउनु He  had given me to believe that he was unmarried उस्ले आफु अविवाहित भनेर मलाई विश्वाश दिलाएको थियो ।

Give rise to  = पलाउनु  International support gave rise to a new optimism during difficult time  अपठेरो परेको वेलामा भएको अन्तराष्ट्रिय सहयोगले नया आशा पलाएको छ ।

Give somebody away  =        कसैलाई पठाइदिनु This year we have decided to give her away यो वर्ष हामीहरुले उन्लाई विवाह गरी पठाइदिने निर्णय गरेका छौ  ।

Give away something  = दान दिनु  He gives away most of his money to charity  उस्ले आफनो धेरैजसो पैशा कल्याणकारी कामको लागि दान गर्छ ।

Give so1mebody back something  = कसैलाई फिर्ता दिनु  Would you like to give me back my pen ? हिजो तिमिले मेरो कलम मलाई फिर्ता दिन्थ्यौं की ?

Give something for something  = केहि कुराको लागि केहि दिनु I am ready to give a lot for a chance to go to USA अमेरिका जाने मौकाको लागि म जे दिन पनि तयार छु । 

Give forth something  = निकाल्नु Being an old machine it gives forth a big noise पुरानो मेशिन भएकोले यसले ठूलो आवाज निकाल्छ । 

Give something in = बुझाउनु As soon as you finish, give the examination paper in लेख्ने काम सिध्दिने वित्तिकै कपी बुझाइ हाल । 

Give in = आत्म समपर्ण गर्नु I can not force the rebels to give in d म विद्रोहीहरुलाई आत्मसमर्पण गर भन्न सक्तिन ।

Give something off = छाड्नू When cooked, the cooker gives a sweet smell off राम्ररी पाक्ने वित्तिकै कुकुरले राम्रो वाशना छाड्छ ।