पंचायतकालमा दरवारियाहरु जनताका छोरीहरुलाई वलत्कार गर्दै मारेर नदिमा फाल्थे । उनीहरु कहिल्यै सजायको भागीदार हुदैनथे । नमिता, सुमिता र मीरा हत्याकाण्डका दोषीहरु अहिले पनि निर्धक्क हिडिरहेका छन् । संगीतकार प्रवीण गुरुङहरुलाई मार्नेहरु राजतन्त्र पुनस्र्थापन गर्ने आन्दोलनको नेतृत्व लिइरहेका छन् । नलिउन पनि किन उनीहरुले गरेको जस्तै जघन्य अपराध गर्ने गणतन्त्रका नाइकेहरुका नवराजकुमारहरु समातिदै समातिदैनन्, समातिइहाले भने पनि राष्ट्रपतिको आम माफीवाट जेल मुक्त हुन्छन् । भ्रष्टाचार, राष्ट्रघात र जघन्य अपराध गर्न पाउनु उनीहरुको गणतान्त्रिक नैशर्गिक अधिकार वनेको छ । निर्मला पन्त, भागरथी जस्ता किशोरीहरु गणतान्त्रिक नव राजकुमारहरुका शिकार वन्न पुगेका छन् । गणतन्त्रमा न उनीहरुलाई समात्ने प्रहरी छ, समातिएनै भनेपनि न सजाय दिने कुनै अदालत छ । सबै ठाउँ गणतन्त्रका नाइकेहरुको झोलेहरुले भरिएको छ ।
विदेशमा राष्ट्रपति, प्रधानमंत्री अनि मंन्त्रीहरु अदालतको कठघरामा उभिएको, दोषि ठहरिइ जेल चलान वा मृत्युदण्ड पाएको समाचारहरु पढ््न र देख्न पाइन्छ तर नेपालमा यिनीहरुलाई कसले ? कुन संविधानले ? कुन कानूनले छुने ? अपराधी धमाधम चुनावमा उठ्छन, तिनै अपराधीहरुलाई भेडा मतदाताहरुले रक्सी र मासु टन्न खाएर चुनाव जिताउछन् अनि यस्ताहरु कहाँको कसुरदार सावित हुन सक्छन् ?
भ्रष्टाचारका फाइलहरु खुल्छन्, दोष जति साना माछा मानिएका तल्ला दर्जाका कर्मचारी थाप्लोमा थुपार्छन्, गणतान्त्रिक ठूला माछाहरुले आफैले आफुलाई चोख्याउछन्, आफै बोक्सी आफै झाक्री वनेर । भ्रष्टाचारीलाई हदैसम्म कारवाही गर्छु भन्दै एउटा नयाँ मुल्लाहले चुनाव जित्यो । मन्त्री वन्यो अनि आफ्नो अपराधलाई उ आफैले माफि दियो । पाइन्छ कहि यस्तो गणतन्त्र ?
गणतन्त्रमा जो कोहिले सजिलै मज्जा गर्न पनि पाउदैनन् । पैसा तिरेर तरुनीलाइ होटलमा लग्यो मज्जा गर्यो । त्यही पैसा लिएर मज्जा गर्न दिने तरुनीले मलाइ वलत्कार गरियो भनेर भोलिपल्ट मुद्धा हाल्छे पैसा तिरेर मज्जा गर्ने फस्छ, नेता नभएको कारणले । कहाँ पाइन्छ गणतन्त्रमा जो कोहिले मज्जा गर्न ? कि नेता हुनु पर्छ, कि नेताका परिवार, नातेदार कि नेताका पछाडि दगुर्ने झोलेहरु अनि गर्न पाइन्छ मज्जा । म विख्यात राष्ट्रिय खेलाडि, म विख्यात गाएक, कलाकार भनेर पाइन्छ तरुनी खेलाउन ? कारवाहीमा पर्नु पर्यो कि परेन ।
देशलाइ आत्म निर्भर वनाउन खोज्ने, देशका सीमा मिचिदा सडक उत्रने राष्ट्रवादी नागरिक, राष्ट्रिय श्वार्थको पक्षमा वोल्ने पत्रकार अनि विषयका ज्ञाता र विज्ञहरु सबै मगज विग्रेका हुन भन्छन् गणतन्त्रका नाइकेहरु । गणतन्त्रमा त यस्ताहरुलाई शरणार्थी वनाउदै सजिलै विक्रि गर्छन विदेशमा दशैको भेडा च्यांग्रा सरी । पुरानो तन्त्रमा नेपाली चेलीवेटीहरुले जान पाउने, कमाउन पाउने भनेको बम्वै थियो अहिले गणतन्त्रमा त उनीहरु नेताहरुको पछि लाग्दा पुरै विश्वमा खास गरी खाडीका देशहरुमा कमाउन जान पाएका छन् ।
पुरानो तन्त्रमा विद्यार्थीहरुले नेपालमै पढनु पर्ने वाध्यता थियो अहिले त अमेरिका वेलायत अष्ट्रेलिया जस्ता देशहरुमा गएर रोजी रोजी पढन पाइन्छ, कमाउन पाइन्छ । पुरानो तन्त्रमा सिपाही हुन चाहदा कि भारत, कि मलाया, कि बेलायत मात्रै जान पाइन्थ्यो । अहिले त तात्तातो गोलि समेत खान पाइने रुश जान पाइन्छ । पुरानो तन्त्रमा आफना वृद्ध आमा वालाई आफैले स्याहार्नु पथ्र्यो । गणतन्त्रमा त आफ्ना वा आमालाई पंच देवलमा लगेर फालेर विदेशी वा आमाको स्याहार गर्न विदेश जान पाइन्छ । यो सुविधा कस्ले दियो ? गणतन्त्रले होइन ? गणतन्त्र र नेतातन्त्र भन्नु पर्यायवाची हो भनेर जान्दा हुन्छ । कहाँको गणतन्त्र मास्ने कुरा गर्या भन्या ?
0 comment