चैत्र ६ काठमाडौं
केन्द्रीय सरकारमा गठबन्धनको प्रमुख घटक कांग्रेस आफ्नो पोल्टाबाट सत्ता उम्कीएर रन्थनीएको छ । सबै केन्द्रदेखी सातै प्रदेशका सरकारमा बसेर सत्ताको माडखादै रमाएको कांग्रेसले नेपाली नागरिकलाई नक्कली शनार्थी बनाएर रकम कुम्ल्याउनेहरुलाई जोगाउने भन्दा अरु काम नगरेको बताउनेहरु धेरै छन । केन्द्रको सत्ता गुमेपछि अब की खोचेथापेर यो गठबन्धनका जुइनाहरु चुडाउने फेरी अहिलेको सत्ता गठबन्धन भन्दा बाहिर बसेका दलहरुलाई विश्वासमा लिएर सत्ताका लागि अर्को गठबन्धनको खेल सुरु गर्ने दाउमा छ कांग्रेस । 
यदि अहिलेको गठबन्धनलाई तोडन नसकेपनि प्रदेश तिरको सत्ता भने आफ्नो पोल्टामा पार्ने जुक्तीमा पनि त्यत्ति कै लागेको देखिन्छ । यता संसद अवरुद्ध गरिरहने जनस्तरका मुद्धामा वहस छलफल हुन नदिने उता प्रदेश सरकारमा जसरी पनि आफू रहिरहने कुनै दललाई फुटाएर होस या जुटाएर होस भन्ने रणनीतिमा लागेको प्रष्टै देखिन्छ । सत्ताको लुछाचुडीमा लाग्नु हुन्न गठबन्धनका नाममा जतापनि टासिनु हुन्न । हामी भनेको लोकतन्त्रमा विश्वास गर्ने हो कसैको साहार नलिए पनि जनताको मन जित्न सकिन्छ भन्ने विचारलाई बलियो बनाउने खेमा कांग्रेस भित्र नै एकथरीको छ । 
कम्युनिष्टहरुसँग गठबन्धन गरेर सत्ताको खातिर समय खेर नफालौ भन्ने आवाज पहिला पनि कांग्रेसमा नउठेको होइन । नेतृत्वले कुरा नसुनेको हुनाले कम्युनिष्टहरुसँग काँध जोडनु पर्यो भन्ने भाष्य कांग्रेसमा व्यापक नै थियो । गठबन्धन टुटेकामा खुशी हुनेहरु पनि कांग्रेसमा नै थिए र छन पनि । 
तर एक थरी नेता र मुख्य नेतृत्व भने केन्द्रको सत्ता गएपनि प्रदेशको सत्ता जोगाउन लागि परेको व्यवहारमा प्रष्टै देखिन्छ । राजनीति भनेको सत्ता शक्तीका लागि मात्रै हो भन्ने भाष्य अहिलेको कांग्रेसको व्यवहारले देखाइरहेको राजनीतिक विश्लेषकहरुको बुझाइ छ । 
सत्ताका लागि अंकगणितिय जोडघटाउको लुकामारीमा समय खेर फाल्नु भन्दा सत्ता बाहिर बसेर नै मुलुक र जनताको काम गर्ने र जनस्तरका सवालमा खरो प्रतिपक्षको भूमिका खेल्ने सरकारलाई खबरदारी गर्ने रचनात्मक तवरबाट आगामी चुनावका लागि आधारहरु कसैको बुइ नचढी तयार गर्नुपर्छ भन्ने बुझाई कांग्रेसभित्र बलियो बनाउदै लैजानु नै उत्तम हुन्छ भन्ने नेता कांग्रेसभित्र नै छदैछन ।