चैत्र ४ काठमाडौं
वर्तमान परिस्थतीमा राजनीतिक समिकरण बदलिएको छ । बदलिएको राजनीतिक समिकरण अनुसार एकिकृत समाजवादी सरकारमा छ । एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले फेरीएको समिकरणका कारण अन्योलमा नपर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन । पार्टीको अन्तरपार्टी निर्देशन ः१३ जारी गर्ने क्रममा अध्यक्ष नेपालले सो कुरा बताएका हुन ।
अचानक समिकरण फेरिदा नेतृत्वको ध्यान त्यतातिर जानु स्वभाविक भएको कुरा बताउदै यसले पार्टीको महाधिवेशनमा कुनै असर नगर्ने बताए । उनले भने हाम्रो प्रयास हाम्रा मन्त्रीहरुबाट प्रभावकारी काम होस् वर्तमान सरकारले राम्रो काम गरोस् जनतामा रहेको निरासा र छटपटिलाई सम्बोधन गर्न सकियोस भन्ने कुरामा हाम्रो प्रयास र जोड हुनुपर्छ । पार्टीको मुख्य ध्यान संगठन विस्तार सदस्यता विस्तार र आगामी महाधिवेशनमा केन्द्रित हुनपर्ने कुरा प्रति अध्यक्ष नेपालको जोड थियो ।
पार्टीका अध्यक्ष माधव कुमार नेपालको नेतृत्वमा १०औं महाधिवेशन मूल व्यवस्थापन कमिटी झलनाथ खनालको संयोजकत्वमा अतिथि सत्कार कमिटी उपाध्यक्ष डा बेदुराम भूषालको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन कमिटी गठन गरिएको पार्टी स्रोतले बताएको छ ।
0 comment