काठमाडौँ । 

नेपाली राजनीतिमा सत्त समिकरणमा व्यापक रुपमा फेरबदल आएको छ । सत्ताका लागि जतासुकै पनि टाँसिने प्रवृत्तिका पुष्प कमल दाहालले फेरी अर्को उथलपुथल जन्माएका छन । नेपाली कांग्रेससँगको गठबन्धन गरी प्रधानमन्त्री दाहाल कोशी प्रदेशमा कांग्रेसले असहयोग गरेको भन्दै चिडिएको थियो । कांग्रेसलाई सत्ता बाहिर पार्ने दाउ हेरेर बसेका पुष्प कमल दाहाल अचानक नेकपा एमालेसँग फेरी टासिन पुगेका छन । 

गठबन्धनभित्र थाहै नदिइ पुरानो गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएका पुष्प कमल दाहालले कांग्रेसलाई पाखा लगाएरै छाडे । नयाँ सत्ता समिकरण बनेसँगै कांग्रेस अब प्रतिपक्षको कुर्सीमा पुगेको छ । राजनीति भनेको सत्ता र शक्तीका लागि मात्रै हो र सत्ता र शक्ती आफ्नो मुठ्ठीमा पार्नका लागि जे पनि गर्न सकिने उदाहरण राजनैतिक नेतृत्वले दिइरहेका छन । 

यो नयाँ सत्ता समिकरणले केन्द्रदेखि प्रदेशसम्मको राजनैतिक अवस्थामा निकै फेरबदल ल्याउने पक्का छ । बामपन्थी र प्रजातन्त्रीक दल एउटै खेमामा हुनै नसक्ने व्यवहारमा देखिदैछ । माओवादी र कांग्रेसको गठबन्धन भनेको दौरा सुरुवालमा टाइ लगाएजस्तो भएको थियो । सिद्धान्त विचार दर्शन कुनै पनि कोणमा नजिक नभएका दल माओवादी र कांग्रेसको गठबन्धनको जुइनो चुडिने त पक्का नै थियो अहिले चुडियो । देउवालाई छैटौ पटक प्रधानमन्त्री हुने भन्दा अर्को कुनै लक्ष्य उद्देश्य थिएन । नेकपा एमालेलाई सत्ताको झल्को झलझली आइरहेको र जसरी पनि माधवलाई प्रधानमन्त्री हुन नदिने गठबन्धन भत्काउने दाउ हेरेर बसेको थियो भने प्रचन्डलाई जसरी हुन्छ जता टासिएर हुन्छ अलिकबार प्रधानमन्त्री हुन पाए गुमेको साख फर्काउन सकिन्छ की भन्ने दाउ थियो र छ पनि । यसरी दलहरु आ आफ्नै स्वार्थमा दाउ हेरेर च्याखे थाप्दै एकअर्कामा लुकामारी गरिरहेका थिए । यसको परिणाम स्वरुप नयाँ गठबन्धन बनाई सत्तामा  बामपन्थीहरुको आगमन र प्रजातन्त्रिक धारको वर्हिगमन भएको छ ।

 प्रमुख तीन राजनैतिक दललाई जनस्तरका समस्याले भन्दा पनि सत्तासँग कसरी नजिक हुने र सत्ताको कुर्सीमा बस्ने भन्ने कुराले नै सधै पिरोलिइ रहने देखियो । जसलाई पछारेर भएपनि सत्ताको कुर्सीमा पुग्ने भन्दा अरु सोँच र योजना प्रमुख दलहरुमा नभएपनि जनस्तरका समस्या सुल्झीने कागलाई बेल हर्क न विस्मत भन्ने कुरा चरितार्थ भएको छ ।