काठमाडौं - गृहमन्त्री रमेश लेखकले मन्त्री हेरफेर गर्ने विषयमा कुनै छलफल नभएको बताउनुभएको छ ।
आज धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्न सक्ने भएपनि अहिले कुनै छलफल र तयारी नभएको स्पष्ट पार्नुभयो ।
दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुबै दलमा छलफल गरेर मात्र हुने भएकाले अहिले सम्म त्यस्तो छलफल नभएको र बाहिर आएका कुरा हल्ला मात्रै भएको उहाँको भनाइ छ ।
उहाँले यो गठबन्धन २०८४ सम्म नै कायम रहने भन्दै अबको डेढ वर्ष पछि वर्तमान नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने जानकारी दिनुभयो ।


0 comment