सुरेन्द्र ढकाल,

Volatile = उत्तेजक, तरल The politics has become volatile because of intra party feud in the ruling party सत्तारुढ दलमा भएको आपसी खिचातानीले राजनीतिलाई तरल बनाइदिएको

Wanderlust = भ्रमणमा चाख राख्ने, घुमन्ते He is never at home during vacation because he is a wanderlust  विदामा कहिले पनि घरमा हुँदैन किनकी घुमन्ते हो

Amble = स्वाभाविक गतिमा अगाडि बढ्नु I know her pace of working so that I can not urge her to work faster than her regular amble मलाई उनी कति छिटो काम गर्न सक्छिन् भन्ने थाहा भएको हुँदा उनलाई स्वाभाविक गतिभन्दा चाँडो काम गर भनेर अनुरोध गर्न सक्तिन

Bullion = सुन वा चाँदीको बिस्कुट जस्तो आकारको सिक्का वा चक्का Those willing to buy property tend to buy bullions and store them सम्पत्ति जम्मा गर्न चाहनेहरू सुन वा चाँदीको ढिक्का किनेर ढुकुटीमा थन्काउने गर्दछन्

Compendium = सारांश तर सबै क्षेत्र ओगटेको This text serves as a compendium of vast materials developed in the field यस क्षेत्रमा प्राप्त सबै गहन सूचनाहरू यस लेखमा  संक्षेपमा समाहित गरिएका छन् ।

Dilapidated = वेवास्ताको कारणले भत्किएको The renovation of this dilapidated building costs more than constructing a new one  भग्नावशेष भएको यो भवन जिर्णोद्धार गर्नु नयाँ भवन बनाउनुभन्दा महँगो पर्न सक्छ

Erudite = विद्वान, विषयका ज्ञाता Most of his friends of the fields considers him erudite but he himself does not think so  सबै जसो उसका साथीहरूले उसलाई विषयको ज्ञाता माने तापनि आफूलाई त्यस्तो सोच्दैन

Frugality = मितब्ययिता If you want to make your company productive, you have to follow the theory of frugality and functionality यदि तिमी आफ्नो कम्पनीलाई उत्पादनशील बनाउन चाहन्छौ भने मितब्ययिता क्रियाशिलताको सिद्धान्त लागू गर्नुपर्छ

Grueling = बेस्सरी थकाउने किसिमको] People say that marathon is a grueling race मानिसहरू लामो दूरीको दौडलाई बेस्सरी थकाउने किसिमको दौडाइ ठान्छन् ।

Humdrum = एकांकीपन For avoiding the humdrum of life, he does trekking and passes days with nature एकाकीपनाबाट आफूलाई मुक्त पार्न ट्रेकिङ गर्दछ आफ्ना दिनहरू प्रकृतिसँग बिताउने गर्दछ

Impolitic = तर्कसंगत नहुनु To raise such issue in such a gathering can be impolitic यस्तो भेलामा यस्तो कुरा उठाउनु तर्कसंगत नहुन सक्छ

 

Fit बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस

Fit sombody =  मिल्नु These shoes do not fit me well  यी जुत्ताहरु मलाई राम्ररी मिल्दैनन्

Fit for somebody = ठीक हुनु This role may not fit for me यो भूमीका मेरो लागि ठीक नहुन सक्छ ।

Fit for something = हुनु These clothes may not be fit for  a coat  यो कपडा कोटको लागि हुदैन

Fit in = सुहाउनु This old oven does not fit in your modern kitchen यो पुरानो चुलो तिम्रो आधुनिक भान्सामा सुहाउदैन

Fit over = मिल्नु This mask does not fit over your face यो मास्क तिम्रो अनुहारमा मिल्दैन

Fit into  =  अटाउनु One can not fit many chairs into this small room यति सानो कोठामा यतिका मेचहरु अटाउदैनन

Fit something = मेलखानु These facts does not fit your theory  यी तथ्यहरु तिम्रो सिध्दान्तसंग मेल खादैनन् 

Fit something into = चाजोपाजो मिलाउनु I have to fit more than ten appointments into one morning मैले हरेक विहान १० वटा भेटघाटको चाजोपाजो मिलाउनु पर्छ

Fit in with =  घुलमिलहुनु He is quite new in this office and may not fit in with other employees immediately यो कार्यालय पुरै नया भएकोले अरु कर्मचारीहरुसंग उत्तिनखेरै घुलमिल नहुन सक्छ    

Fit out  = तैयारी गर्नु As I set out for a treekking I need time to fit out my rucksack ट्रेकिंगमा जानलागेको कारण वोक्ने झोला तैयारी गर्न समय लाग्छ मलाई