संयुक्त बंगाल वा ग्रेटर वाग्लादेश दक्षिण एसियाका वंगाली भाषा वोल्नेहरुको एउटै देश हुनु पर्दछ भन्ने सोचाइ हो । सन् १९०५ मा बंगालीहरुको विभाजन भएपछि राष्ट्रवादी बंगालीहरुले यो विचारधाराको विकास गरेका थिए । भारत अंग्रेजको उपनिवेश हुँदा बँगाललाई विभाजन गरी पश्चिम वंगाल र पूर्वी बंगाल र आसाम कायम गरिएको थियो । यो गर्नुको उद्देश्य बंगालको स्वतन्त्रताको आन्दोलनलाई कमजोर गर्नु थियो । त्यसो हुँदा हुदै पनि सन् १९११ मा बंगालको एकिकरण भएको थियो । स्वतन्त्र संयुक्त बंगालको प्रस्ताव बंगाली प्रधानमन्त्री हुसैन सइद र राष्ट्रवादी नेता शरत चन्द्र वोसले गरेका थिए । यो प्रस्ताव वंगाललाई विभाजन गर्न हुँदैन भन्ने मान्यतालाई स्थापित गर्नु अघि सारिएको थियो । तर अंग्रेजको फुटाउ र शासन गर भन्ने सिध्दान्तको कारण स्वतन्त्र बंगालको यो प्रस्ताव कामयावी हुन सकेन । झन त्यसमाथि बंगाली हिन्दु र बंगाली मुस्लिमको धार्मिक कटट्रताको कारणले गर्दा पनि बंगाली राष्ट्रवाद अहिले पनि विभाजित नै रहेको छ ।

अंग्रेजहरु भारत आउनु अगाडि बंगाल ऐतिहासिक काल देखि नै नवावद्वारा शासित अधिराज्य थियो । यस देशभित्र अहिलेको वाग्लादेश र भारतको हालको पश्चिम बंगाल राज्य पर्दथ्यो । यी बंगालीहरु ब्रम्हपुत्र नदिको किनारमा आफ्नो सभ्यताको विकास गर्दै आएका हुन् भनेर प्राचीन ग्रीक र रोमनहरुले उल्लेख गरेको ऐतिहासिक तथ्यहरु अहिले पनि जिवितै छन् । भारतीय उपमहाद्धिपको इतिहास भित्र बंगालले प्राचीन र मध्यकालमा आफ्नो छुट्टै स्वतन्त्र अस्तित्व र पहिचान शानदार ढंगबाट निर्वाह गर्दै आएको भारतवर्षको इतिहासमा उल्लेख छ । प्राचीन बंगालको पर्सिया (हालको इरान) र अन्य अरवी देशहरुसंग निकै वलियो सुती कपडाको ब्यापारिक सम्बन्ध रहेको थियो । यिनीहरुको आफ्नै भाषा, लिपी, साहित्य संगीत, कला र वास्तुकला थिए र १३ औ शताब्दी तिर आएपछि बंगाललाई मुस्लिम सुल्तान र हिन्दु राजाहरुले विभाजितरुपमा शासन गरेका थिए । १६आंै र १७आंै शताब्दीको मुगल साम्राज्यको पालामा बंगाल दक्षिण एसियाको धनी राष्ट्रहरु कोटीमा पर्दथ्यो । मुगल साम्राज्यको पतनसंगै बंगाल स्वतन्त्र भई नवावहरुले शासन गर्न थाले । जुनवेला अंग्रेजहरु भारत पसे त्यतिखेर बंगालका नवाव शिराज उद्यौला थिए । त्यतिखेर फ्रेन्चहरुको सहयोगमा यिनी अंग्रेजमाथि जाइलागे किनकी भारतलाई कस्ले उपनिवेष वनाउने भन्ने कुरामा अंग्रेज, फ्रेन्च र पोर्तुगिज वीचमा प्रतिष्पर्दा थियो । अंग्रेज कमाण्डर रोवर्ट क्लिभले मार्च १७५७ मा चन्द्रनगर कब्जा गरे र त्यही वर्ष २३ जुनमा भएको प्लासीको युध्दमा अंग्रेजहरुले बंगाली नवावको फौजलाई हराए । त्यस युध्दमा हार्नुको कारण नवावका साख्य ज्वाइ सैनिक कमाण्डर मीरजाफर अंग्रेजसंग मिल्न पुगेका थिए । त्यसैले युद्ध पश्चात् यिनै मीरजाफरलाई अंग्रेजले बंगालका नवाव वनाए र आफुले लिनु पर्ने सबै ब्यापारिक सुविधाहरु उनी मार्फत अंग्रेजले लिए र आफ्नो उपस्थितिलाई भारतमा दह्रो वनाए । आफुले वनाएको नवाव त हो नी भन्दै अंग्रेजहरुले नवाव मीर जाफरसंग सुविधा माथि सुविधा माग गर्न थाले जसलाई मीर जाफरले पुरा गर्न नसकेपछि अंग्रेजहरुले उनलाई गद्दीच्यूत गरी उनकै छोरी ज्वाई मीर कासिमलाई बंगालको नवाव वनाए ।

यिनी मीरकासिम नवाव हुदा पृथ्वी नारायण शाह धमाधम नेपालको एकिकरण गर्दै थिए । उन्लाइ मकवानपुर सकेसम्म चाडो जित्नु थियो । मकवानपुरलाई कुटनीतिक ढंगबाट नेपालमा गाभ्ने विचारले यिनले मकवानपुरका राजाको छोरीसंग विवाह पनि गरेका थिए । तर विवाहको कुटनीतिले काम नगरेपछि अन्तत पृथ्वी नारायणले मकवानपुर माथि आक्रमण गरे । आफै एक्लैले गोरखाली सैन्यको मुठभेड गर्न नसक्ने देखेपछि मकवानपुरका राजाले यिनै वंगाली नवाव मीर कासिमसंग सहयोगको याचना गरे । मीर कासिमले गुरगीन खांको नेतृत्वमा २५०० वंगाली सेना मकवानपुर पठाइदिए । २० जनवरी १७६३मा भएको लडाइमा काजीवंशी राज पाण्डेको नेतृत्वमा रहेको गोरखाली फौजले बंगाली फौजलाई परास्तमात्रै गरेन आमरुप यिनीहरुका हतियार खोस्न सफल पनि भएको थियो । नेपालको एकिकरणको चरण भएको यो पहिलो अन्तराष्ट्रिय लडाइ थियो जसमा गोर्खाली फौजले विजय हासिल गरेका थिए । यो विजयसंगै मकवानपुर पनि नेपाल भित्र गाभिन पुग्यो भने नेपाली सेना आधुनिक हातहतियारले सुसज्जित हुन पुग्यो । 

ससुरा मीरजाफरलाई हटाइ अंग्रेजको सहयोगमा नवाव वनेका मीर कासिमको कालान्तरमा अंग्रेजसंग विवाद चुलियो जसको फलस्वरुप मीर कासिम र अंग्रेज फौज वीच सन् १७६५ मा वक्सरमा युद्ध हुन पुग्यो । यस लडाइमा मीर कासिमको हार भएपछि सिंगै बंगाललाई आफ्नो कब्जामा लिई इष्ट इण्डिया कंपनीको नामबाट अंग्रेजले त्यहा आफनो औपनिवेषिक शासनको शुरुवात गर्यो । त्यतिखेरनै बेलायतमा औद्योगिक क्रान्ती हुन पुग्यो, ठूला ठूला सुती कपडाको कारखाना बेलायतमा स्थापना भए जस्को लागि आवश्यक कच्चा पदार्थ सुती धागो बंगालबाट बेलायत निर्यात हुन थाल्यो । इष्ट इण्डिया कंपनीको राजधानी कलकत्ता वन्यो । औपनिवेशिक शासन अन्तर्गत रहेर बंगालले शिक्षा, साहित्य, कला अनि उद्योगमा राम्रै विकाश गर्यो । तर सन १९४७ मा अंग्रेजहरुबाट भारत मुक्त भएपछि हिन्दु बंगाली वहुसंख्यक रहेको पश्चिम बंगाल भारतमा र मुस्लिम वंगाली वहुसंख्यक रहेको पूर्वि बंगाल पाकिस्तानमा पर्न गई यसको नाम पूर्वी पाकिस्तान रह्यो ।

यही पूर्वी पाकिस्तानलाई सन् ७० को दशकमा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले युद्ध गरी पाकिस्तानलाई हराई स्वतन्त्र राष्ट्र वग्लादेश वनाइन् । यसप्रकार मुस्लिम वंगालीहरुको एक स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र वन्यो तर पश्चिम बंगालका हिन्दु वंगालीहरु भने अहिले पनि भारतीय शासन अन्तर्गत रहेका छन् । भारतको सहयोगमा वाग्लादेश स्वतन्त्र हँुदाको वखत शुरु भएको वाग्लादेशबाट बंगाली हिन्दुहरुलाई लखेटने काम अहिले पनि जारी छ । बंगाली हिन्दुमाथि बंगाली मुस्लिमहरुको ज्यादती र उत्पीडनको वारेमा लेखिएको तसलिमा नसरिनको उपन्यास लज्जाले नोवेल शान्ती पुरस्कार पायो । एक मुस्लिम महिलाले हिन्दु वंगालीको पक्षमा लेख्नुलाई कट्टर मुस्लिम बंगालीहरुले अपराध मानेको कारण नसरिन आफनो ज्यान जोगाउन मातृभूमी छोडी विदेशमा शरण लिन वाध्य भइन ।

यद्यपि भारतको सहयोगमा वाग्लादेश स्वतन्त्र भएतापनि वाग्लादेशका राष्ट्रपिता मानिएका शेख मुजीव रहमानको भारत परस्त ब्यवहारको कारण हत्या हुन पुग्यो । बंगालीहरुमा राष्ट्रवाद भन्दा पनि ठूलो धार्मिक कट्ट्रपना भएको कारण सिंगै बंगाल एक राष्ट्र हुन नसकी विभाजित अवस्थामा रहेको छ । हुन त इन्दिरा गान्धीले वाग्लादेशलाई स्वतन्त्र वनाउदा कालान्तरमा भारतमै गाभ्ने यिनको नीति थियो जुन शेख मुजिवको हत्याको कारण सफल हुन सकेन । अव प्रश्न उठछ के सिंगो बंगाल एक स्वतन्त्र राष्ट्र हुन सक्छ ? अवस्य हुन सक्छ । जसरी सोभियत संघसंग सैनिक सम्झौता गरेको जगमा उभिएर इन्दिरा गान्धीले पाकिस्तानलाई विखण्डन गरी वाग्लादेश वनाइन् त्यसै गरी चीनसंग सम्बन्ध मजवुत गर्दै वाग्लादेशले भारतको अधिनवाट पश्चिमबंगाललाई मुक्ति गरी लिनु पर्दछ तर त्यस्को लागि हरेक वंगालीले आफुहरु हिन्दु मुस्लिम भन्दा पनि पहिले बंगाली हौ भन्नेकुरामा गर्व गर्न पर्दछ । नोवेल पुरस्कार विजेता हिन्दु बंगाली रविन्द्र नाथ ठाकुर र मुस्लिम बंगाली तसलिमा नसरिन प्रति हरेक बंगालीले गौरव गर्न सक्नु पर्दछ अनि त्यसले मात्र एकिकृत बंगाली राष्ट्रवादको पुनरुत्थान र विकाश गर्न सक्तछ अनि यसरिनै दक्षिण एसियामा रहेको भारतीय दादागिरीको अन्त्य गर्न मध्दत पुग्दछ । अव जय भारत होइन जय बंगालको मन्त्र हरेक बंगालीको मन र मुटुमा हुनु पर्दछ । असम्भव भन्ने आजको विश्वमा केही पनि छैन । सिंगो बंगाल स्वतन्त्र हुँदा हाल भारतीय वंगालको औपनिवेषिक शासनमा रहेको ग्रेटर नेपालको टिष्टा प्रदेशले पनि उन्मुक्ति पाई दक्षिण एसिया पनि औपनिवेसिक शासनमुक्त क्षेत्र वन्दछ ।   

विश्व हेर्दै नहेर्ने नेता त्यागी हुने कसरी ?

जुद्ध संसेरका ज्वाई जय पृथ्वी वहादुर संसार भ्रमणमा निस्किए । यसै विचमा जुद्ध संसेरले चार जना शहिद वनाए । अंग्रेजले दुइदुइ चोटि अहिलेको वाग्लादेश सम्म माग, म तिम्रो गुमेको नेपाली भूभाग दिन्छु भन्दा आंट गर्न नसकेर पद्म संसेरलाई सत्ता सुम्पी आफु भने रिडी गएर वसे । त्यसै वेला ठ्या र मठ्या कलह राणाजीहरुमा भइसकेको थियो । किनभने जंग बहादुर हक्की थिए । सर्किनीको घरमा दुःखसंग हुर्किएका र सानैमा वावु वाल नरसिंह सहितका सैनिक टोली दैलेखमा हैजाले मरेर पनि पछि श्री ५ सुरेन्द्रका पेलाइमा झनै तिखारिएका थिए । उनले अंग्रेजलाई लगाएको गुनमा नया मुलुक लिए र कोत पर्वको पाप पखाले । तर चन्द्र संसेर भीम संसेरलाई मारेर राजा भएका र अंग्रेजसंग गुमेको नेपाल होइन पैशा लिएर आफ्ना छोराहरुलाई १५, १५ करोड वढीदिएका थिए । चलाखीसंग बेलायतमा राजदुतावास र अमेरिकासंग सम्वन्ध राख्नसम्म भ्याएर नेपालको इज्जत राखे । त्यही पैशाले पनि राजाका १७ भाइ छोरा  कोही नेपाल, कोही पाल्पा पोखरा गीतनै वनेर उछिट्टएका ल्याइते र ब्यायिते खलक छुट्टिसकेका थिए । यसैकारणले जुद्ध संसेरले थेग्न नसकेका हुन् । २००७ साल पनि एक जीप विदेशी पैसा वोर आएको हो भनेर मान्छेहरु भन्दैछन् ।

तर वझांगी राजा  जय पृथ्वि बहादुरले विश्व देख्दा नदेख्दै यही विश्वमा अफिमको राजले चीन गलिसकेर फेरी उठ्यो । पछि अमेरिकी सेनामा अफिम पसेर भियतनामयुद्धमा पिठ फर्काउनु परेको हो । अझै अफिम जस्ता लागु पदार्थ एकातिर नियन्त्रण र अर्कातिर बेलायतको सिको विश्वमा तैनाथीमा लागेर अरव मुलुकमा इजरायललाई जवर्जस्त वसाइसकेको एकातिर नियन्त्रण र अर्कातिर बेलायतको सिको विश्वमा तैनाथीमा लागेर अरव मुलुकमा इजरायललाई जवर्जस्त वसाइसकेको छ । अमेरिकी वुद्धिमा १९४५ मा जापानमा खसालेको बम अहिले पछुताउमा परेको छ । यसैले उत्तर कोरियामा उसले बम फाल्ने आंट गर्न सकेको छैन । किनभने अहिले भारत जसताले पनि अणुबम वनाइसकेका छन् । यसैकारण धर्म, अफिम, वुद्धि सबैको चलाखिमा अमेरिका वसेर इसाइ धर्म भारतको पूर्विय आसाम तिर र नेपालका भर्खरै संघीय भएका रुकुम आदिमा सरकारी पैशामा र काठमाण्डौमा लुकीलुकी इसाइ धर्मप्रचार गरिदैछ । बुढो बेलायत भने भारत अफ्रिका आदि ठाउँबाट फर्केर समुद्रको किनारमा घाम तापी वसेको छ । 

यसै वेलामा अर्को दृश्य पेट्रो डलरले अरव आदि देशका जनता सम्पन्नताको रोग थलिएका छन् । यो सम्पन्नताको प्रतिकुल अरु केही नभएर विजुलीबाट, मोटर तथा हवाइजहाज समेत वैज्ञानिकले चलाइसकेका छन् । त्यो विजुली सौर्य उर्जाबाटै पनि बनाउन लागेकोमा होस पाएका छ्रैनन् । यो किन भनिन्छ भने मुसलमानहरु आपसमा पनि लडदैछन्, पुरानो कुरा संझेर बर्मा, वाग्लादेश आदिमा पनि सकृय नै छन् । भोली विजुलीका र पेट्रोलका मोटर नेपालमा संगसंगै चल्ने छन् संसारमा नचल्ने कुरै भएन । सम्पन्न मान्छेहरु धाकधक्कु लगाएर पेट्रोल डिजेलका मोटरमा र साधारण मानिसहरु विद्युत मोटरमा हिडने दिन अव धेरै टाढा छैन । नेपाली ब्यापारीले वगलीमा खोला राखी वेचेर पैशा कमाए भन्नु बेकार छ ।

इसाइ धर्म प्रचारमा अमेरिका भित्रभित्रै भएपनि उत्तरी यूरोपले सहयोग गरेको छ । मुस्लिमकै कारणले वाग्लादेशमा आएका ६ लाख भन्दा वढी शरणार्थी फिर्ता गर्छु भन्न लागेका छन् । यस्ता अवस्थामा अरवका मुजाहिद्यिन धर्म युध्दमै यूरोपतिर फर्केको अवस्था छ । आफनै भारतको पुरानो साइनो सम्झेर मुसलमानहरुले चीन, नेपाल, भारत आदीलाई नतर्साउलान भन्ने छैन किनभने हिमवत्खण्डको आर्यधर्मलाई अफिम भनेर होच्याउने माओवादीहरुले सरकारी ढुकुटीकै पैशाले इसाइ धर्मको प्रचार गरेको  रोक्ने कस्ले ? यसरी होस् गुमाइ रहने हो भने पछि पछुतायर केहि काम पनि बन्दैन ।

यी भए धर्मका कुरा, अव त्यागका कुरातिर लागौं । आर्यावर्तको शीव र बुध्द धर्मावलम्वी माग्ने बिटिक्कै हुन् । विष्णुको सर्प ओछ्यान हुँदा र सत्ता पनि नहुँदा शीव, विष्णु, वुद्ध, आदि अकिंचन नै देखिए । तर नेपालका स्थानीय र राष्ट्रिय चुनावमा जित्नेहरुले २०७४ मै गरेको खर्च  देख्दा अँग शिरिङ्ग हुन्छ । यिनले पदमा वस्नासाथ धन, सेवा र सुविधामा ¥याल काडेको देशैभर देखिन लागेको छ । यसैले यिनीहरुले काम गर्लान जस्तो छैन । घुष्याहा र भ्रष्टाचारीहरुले यिनीहरुलाई लट्पट्याउनेनै भए । सबै माथिल्ला नेताहरु मर्ने दिन सम्म नेतानै भइरहन खोज्दछन । अरुलाई मौका दिनै चहादैनन् । यो त्याग र समर्पणको भावना नै भएन । शेर बहादुर देउवाको र वावुरामका श्रीमतीहरुले गरेका भ्रष्टाचारको चर्चामा दुबै विरोधी देखिदैनन । पुष्पकमल धनीनै छन् । कस्का धनले धनी भए सबैलाई थाहै छ । केपी ओली र माधव तं भन्दा म के कम  भन्नेनै भए । यी सबैनै त्यागी छन् भन्ने के प्रमाण छ ?

४ नम्वर प्रदेशमा पनि प्रशिक्षण
नेकपा मालेले माघ २१ र २२ गते प्रदेश नं ३ का नेता तथा कार्यकत्र्ताका लागि प्रशिक्षण सफलरुपमा आयोजना गरेपछि २६ र २७ गते त्यस्तै प्रशिक्षण प्रदेश नं ४ मा पनि आयोजना गर्यो । ४ नं प्रदेशका १७ जिल्लाका नेकपा माले जिल्ला सचिवहरुले उक्त कार्यक्रममा सहभागिता जनाएका थिए । विभिन्न दश विषयमा दिइएको प्रशिक्षणमा पार्टी महासचिव सिपी मैनाली पोलिट ब्यूरो सदस्य सुरेन्द्र ढकाल, जनक चालिसे, कृष्ण राना तथा केन्द्रिय सदस्य शंकर पोखरेल प्रशिक्षक रहनु भएको थियो । प्रशिक्षण पश्चात सबै सहभागीहरुले त्यस्तै प्रशिक्षण अव आफ्ना जिल्लामा रहेका जिल्ला, नगर तथा गाउँ स्तरका नेता कार्यकत्र्ताहरुको लागि पनि आयोजना गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।  (फोटो)

जनयुद्ध दिवस मनाउनुको सान्दर्भिकता छ र ?
मंगलवार फागुन १ गते सेना दिवस र जनयुद्ध दिवस एकै दिन पर्यो । जनतालाई जनगणतन्त्र दिन्छौ । नेपाललाई भारतीय अर्धऔपनिवेसिक उत्पीदनबाट मुक्त गर्छौ भनेर शुरु गरिएको जनयुद्ध आफ्ना दुबै उद्देश्यमा असफल भएपछि माओवादीहरु प्रचण्ड, वावुराम, वैद्य र विप्लव गरी चारटुक्रा वन्न पुगे । माओवाद नै छोडनेमा वावुराम,  पूर्ण विसर्जनवादमा प्रचण्ड, न पुन जनयद्ध न संसदीय ब्यवस्था दुवै भन्न नसकी अप्ठेरो ठाउँमा फलेको फर्सि जस्तो वैद्य र विप्लव हुन पुगेका छन् । १२ बुदे सम्झौता पछि तथाकथित योग्य मानिएका लडाकुहरु नेपाली सेनामा मिस्सिन पुगे भने अयोग्य सावित भएकाहरु यत्रतत्र छरपष्ट हुन पुगे । तिन मध्ये कोहि कृषिमा, कोहि ब्यापारमा, कोही वैद्यको र कोहि विप्लवको समूहमा संलग्न हुन पुगेका छन् ।   

वावुरामले प्रधानमन्त्री हुँदा भारतसंगको मर्जर र वीप्पा संझौताले निकै चर्चा पायो । प्रचण्ड दोश्रो पटक प्रधानमन्त्री भई भारत जादा गरेको २५ वुंदे संयुक्त विज्ञप्तिको १ वुँदाले अन्तराष्ट्रिय मामलामा भारत र नेपालको समान दृष्टिकोण हुने ब्यवस्थाले नेपाललाई भुटानको हैसियतमा झारेपछि यी दुवै वावुराम र प्रचण्ड राष्ट्रघाती रहेछन भन्ने स्वतः सावित भयो । यही कारण प्रचण्डको चोचोमोचो महाकालीमा राष्ट्रघात गर्ने एमालेसंग मिल्न पुग्यो अनि यी दुबै एकता गर्ने भन्दै संयुक्त घोषणापत्र लिएर प्रतिनिधि र प्रदेश सभाको चुनाव लडे र जिते पनि । यस गठबन्धनमा सामेल भएर मोहन विक्रमको राष्ट्रिय जनमोर्चाले पनि आफनो राष्ट्रवादी छवी धमिलायो । यही पाराले नेकपा माले र नेमकिपाको छवि धमिल्याउने प्रयास केपी र प्रचण्डले नगरेका होइनन । आफुहरु चुनाव हार्छु भन्ने थाहापाएर पनि माले र नेमकिपा राष्ट्रघातीहरुको गठवन्धनसंग सामेल हुन गएनन् । नेपाली मतदाताहरुले चुनावमा यिनै राष्ट्रघातीहरुलाई राष्ट्रवादी र विकाशवादी ठानेर भारी मतले जिताए । आफ्ना कठपुतलीको गठबन्धनले चुनाव जितेको देखेपछि हर्षले विभोर हुदै निम्ता न सिम्ता आइन सुष्मा स्वराज नेपाल र पालैपालो केपी र प्रचण्डलाई आर्शिवाद दिदै अव भुटानको जस्तै गरी नेपालको परराष्ट्र र रक्षा भारतलाई दिनुपर्ने जिकिर गरिन् । उनको त्यो जिकिर स्वभाविक पनि हो किनकी माओवादी जनयुद्धको उठान र बैठान भारतले नै गरेको रहेछ भन्ने प्रमाणित भइसकेको छ भने मदनको हत्या पछिको एमालेलाई उठाएर आजको अवस्थामा पुराउन पनि भारतकै हात रहेको सोल्टी होटलमा गएर केपीले गरेको ढोगभेटबाट प्रष्टै भएको छ । 

अर्को तर्फ सेना दिवस पारेर भारतका स्थल सेनाध्यक्ष नेपाल आएका छन् । यिनी नेपाली सेनाका मानार्थ महारथी पनि हुन् । त्यसै गरी नेपाली सेनाध्यक्ष पनि भारतीय सेनाको मानार्थ महारथि हुने परम्परा रहेको अवस्थामा केपी र प्रचण्डले देशै लगेर भारतलाई वुझाए पनि नेपाली सेनाले केही गर्न सक्ने कुरा भएन । नेपालका राजा वीरेन्द्र तथा ज्ञानेन्द्रले भुटानको जिग्मेको हैसियतमा वसी नेपालको परराष्ट्र र रक्षा भारतलाई दिने सन्धीमा उहिले हस्ताक्षर गर्थे भने अहिलेका नेताहरु कि भारतमा शरणार्थी, की मृत्युको मुखमा कि जेलमा सडिसकेका हुने थिए ।  

नेपालमा रहेका आप्रवाशी भारतीयहरुलाई नागरिकता दिने विधेएकमा लालमोहर नलगाएकै कारण वीरेन्द्रको वंश विनाश र ज्ञानेन्द्रको गद्यीच्यूत भएको र त्यसपछि वनेको गणतन्त्रले  नागरिकता विधेएक पाश गरी नेपालीमा रहेका एक करोड भारतीय आप्रवाशीहरुलाई कौडिको मूल्यमा नेपाली नागरिकता वाढी नेपाललाई फिजी हुदै सिक्किम वनाउने रणनीति अख्तियार गरेको तथ्यहरु पनि अव विस्तारै खुल्दैछन् ।

यसको साथै नेपालमा भएका हालसम्मको सबै क्रान्तीहरु भारतको इशारामा भएको  र यी क्रान्तीहरुबाट सबै भन्दा वढी नाफा लिने भारत पो रहेछ भन्ने कुरा पनि आज भन्दा भोली र भोली भन्दा पर्सि स्पष्ठै हुदै गइरहेको परिप्रेक्ष्यमा जनयुध्द दीवस मनाएर कुन कुराको गौरव प्रदर्शन खोजिएको हो त्यो पनि नेपाली मतदाताहरुले विस्तारै सोध्नुपर्छ । ढाटेको कुरा काटे पनि मिल्दैन भन्ने कुरा देशलाई धर्म निरपेक्ष राष्ट्र वनाउने एमाले रुपी राष्ट्रपति विद्या र माओवादी रुपी उपराष्ट्रपति नन्दकिशोर पुनले शीवरात्रीको दिन पशुपती गई महादेवको लिंगको ढोगभेट र पुजाआजा गर्न जानुले स्पष्टै पारेको छ । कम्युनिष्ट मुकुण्डोधारी यी पाखण्डी पिचाशहरु सरकारी तामधाम सहित पशुपतीको दर्शन गर्न जानै पर्छ भन्ने कुरा नेपालको संविधान र कानूनमा कहा उल्लेख छ नेपाली जनताले त्यो पनि सोध्नु पर्छ । हिजोको जनयुद्धको कमाण्डरनै पशुपतिको शरणमा पर्न जानु परेको दिन जनयुध्द दिवस मनाउनुको सान्दर्भिकता छ र ?