प्रभातराज पाण्डे

सरकारी जग्गा निजी बनाई भ्रष्टाचार गरेकोललिता निवासमुद्दामा विशेष अदालतले हिजो (फागुन ३) गरेको फैसला स्वागतयोग्य अख्तियारले छानबिन अनुसन्धान तहकिकात गरेर २०७६ माघ २२ मा विशेष अदालतमा १७५ जना उपर अभियोगपत्र दर्ता गरेको थियो ११० जनाउपर दण्डसजाय र ६५ जना उपर जग्गा जफतको मात्र अभियोग लगाएको थियो सरकारी जग्गा भन्ने थाहा नपाएर जग्गा खरिद गरेकालाई भने अभियोग लगाइएन जग्गाधनी दाबी गर्ने राणा परिवार मोही भनिएका निर्णय गर्ने मन्त्री, सचिव मालपोतलगायतका सरकारी कर्मचारीलाई समेत प्रतिवादी बनाइएको थियो मुख्यतः यो मुद्दामा अनुसन्धान कसरी सुरु भयो भनी हेर्नुपर्ने हुन्छ। २०२१ सालमा तानाशाह अधिनायकवादी भनिने राजा महेन्द्रले राणाहरूको दरबार जग्गा देशका लागि क्षतिपूर्ति दिएर कानुनी प्रक्रिया पुर्याएर अधिग्रहण गराएका थिए अधिग्रहण गरेका ६ वटा दरबारका १,२९८ रोपनीमध्ये कांग्रेस नेता सुवर्णशमशेर राणालगायतको ललिता निवासभित्रको २९९ रोपनी ९ आना २ पैसा जग्गा क्षतिपूर्ति दिएर २०२१ मंसिर १७ मा अधिग्रहण गरियो नेता सुवर्णशमशेर नेपालबाट भागेर भारतमा प्रवास भएका बेला उनको १४ रोपनी ११ आना जग्गा सरकारको २०२१ मंसिर १५ को निर्णयले जफत गरेको थियो जफत जग्गामा मिसाएर षड्यन्त्रपूर्वक ११२० रोपनी जग्गा निजी बनाई बाँडचुँड गरिएको थियो

२०४७ सालमा कृष्णप्रसाद भट्टराई सरकारले पनि प्रजातन्त्रका लागि संघर्ष गर्नेहरूका जग्गा फिर्ता गर्नेसम्बन्धमा २०४७ जेठ १४, साउन ८ र भदौ ३ मा गरी तीनवटा निर्णय गरेको पाइन्छ सोही निर्णयमा टेकेर सरकारी जग्गा निजी बनाइयो ललिता निवास प्रकरणमा सयौं रोपनी सरकारी जग्गा निजी बनाइँदा सरकार अर्थात् राज्य नै बेखबर थियो यत्रो काण्ड हुँदा जिम्मेवार पदाधिकारीहरू थाहा नपाएको बहाना गर्छन् सरकारी जग्गा निजी बनाउने कार्यमा संलग्न मन्त्रिपरिषद्देखि कसैले जिम्मेवारी लिँदैनन् अनि कसले यो काण्ड रच्यो/रचायो भन्ने प्रश्न उठेको ललिता निवासको सरकारी जग्गा प्रकरणलाई लामो छानबिनपछि आफ्नै पूर्वप्रमुख आयुक्त दीप बस्नेत उपरसमेत मुद्दा दर्ता गर्नुले अख्तियारप्रति थोरै भए पनि आमजनतामा विश्वास जागेको थियो यो मुद्दा दर्तापछि आयोगमाथि संवैधानिक कानुनी प्रश्नमा औंला उठाइएको थियो नेपाली कांग्रेसले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई प्रतिशोधले मुद्दा लगाएको भनी तीन दिन संसद् नै अवरुद्ध गर्यो मालपोत कार्यालयले मात्र होइन यो विवादमा सरकारी जग्गालाई निजी बनाउन मन्त्रिपरिषद् नै लागेको वाग्मती अञ्चलाधीश कार्यालयअन्तर्गतको समरजङ कार्यालयको नाममा राखिएको बालुवाटारको सरकारी जग्गामा कृत्रिम मोही खडा गरेर बाँडचुँड गर्ने काम मन्त्रिपरिषद् बैठकले नै गरेको थियो त्यस्तो निर्णय गर्ने मन्त्रिपरिषद्का प्रधानमन्त्रीहरू मन्त्रीहरूलाई मुद्दा नै लगाइएन

२०६६ चैत २९ मा माधवकुमार नेपाल सरकारले सरकारी जग्गा आधा मोहीयानी हकबापत् कृत्रिम मोहीलाई दिएर प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय भयो तर भूमिसुधार कार्यालयले मोही कायम गर्न मानेन यसपछि मालपोतले मोही कायम गर्ने भनेर २०६७ वैशाख ३१ मा मन्त्रिपरिषद्ले निर्णय गरेको थियो बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ असोज १८ मा भूमिसुधार मन्त्रालयबाट आएको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो मन्त्रिपरिषद्को उक्त निर्णयले नेपाल सरकार समरजंग कम्पनीका नाममा भएको ३ रोपनी १२ आना जग्गापशुपति टिकिन्छा गुठीका नाममा दर्ता गर्न स्वीकृति दिएको थियो करिब २२ रोपनी जग्गा घूसको रूपमा बाँडिएको थियो प्रधानमन्त्री निवाससमेतको सरकारी जग्गा निजी बनाइयो भनेर २०५८ सालदेखि लाग्दा पनि अधिवक्ता युवराज कोइरालाको आवाज हाम्रा नेताप्रशासक आदि देश चलाउनेले सुनेनन् बरु उनलाई बहुला भनियो मार्ने प्रयास गरियो पछि गृहसचिव प्रेमकुमार राईले कोइरालाको कुरा सत्य भन्ने बुझेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानबिन समिति बनाएर छानबिन गराउँदा यो विवादको मुद्दा सुरु भएको हो

भूमिसम्बन्धी ऐन २०२१ ले भूमिसुधार कार्यालयले मात्र मोहीसम्बन्धी निर्णय गर्न सक्छ मालपोत कार्यालयले होइन मन्त्रिपरिषद्ले कानुनविपरीत निर्णय गरेकामा प्रधानमन्त्रीलगायत सबै मन्त्रीलाई मुद्दा लगाउनुपर्थ्यो तर, प्रधानमन्त्री माधवकुमार नेपाल बाबुराम भट्टराईलाई उन्मुक्ति दिइयो उनीहरू भ्रष्टाचारमा संलग्न हो होइन भन्ने प्रश्न जिउँदै रहेको बयान गराएर प्रमाण बुझेर घूस खानपिन गरेको देखिएन भनेर मुद्दा नलगाएको भए उनीहरू उपरको कालो मेटिने थियो तर, अख्तियार, सीआईबी सरकारी वकिलले पनि कालो मेट्ने काम गरेनन् अख्तियारले डामेका १७५ जना सबैलाई अभियोग लाग्नेबित्तिकै दोषी हुन्, भ्रष्टाचारी हुन् भन्न सकिँदैन मुद्दाको कारबाही सिलसिलामा प्रमाणको मूल्यांकनबाट सरकारी जग्गालाई व्यक्तिगत बनाउनमा संलग्नता भए/नभएको निर्क्यौल गर्नुपर्ने हुन्छ अहिले विशेष अदालतले न्याय निरुपणका क्रममा २२ दिनको बहसपछि अभियोग लागेका १७५ मध्ये १३१ जनालाई दोषी ठहर्याएको नेताहरू विजयकुमार गच्छदारलगायतलाई सफाइ दिइयो। ६५ जनाले खरिद गरेको जग्गा सरकारमा फिर्ता आउने भएको सरकारी भनेर थाहा नपाएर खरिद गरेकामा खरिद गर्नेलाई सजाय भएन बरु खरिद गर्नेहरूले बिक्रेतासँग कानुनी प्रक्रियाबाट थैली असुलउपर गर्नुपर्ने हुन्छ जोजो उपर जुन अभियोग लागेको थियो, त्यहीअनुसार अदालतले न्याय निरुपण गर्ने हो विशेष अदालतका न्यायमूर्तिहरूलाई निर्भीक भएर फैसला गरेकामा धन्यवाद दिनैपर्छ न्यायाधीश खुसीप्रसाद थारू, रामबहादुर थापा रितेन्द्र थापाको संयुक्त इजलासले यो प्रशंसनीय काम गरेको टेकनारायण कुँवरको नेतृत्व पाएपछि अदालतको स्वतन्त्रता निर्भीकता एकदम बढेको नेतृत्व सक्षम भए संस्था नै बलियो हुन्छ भन्ने यसले देखाएको कुनै बेला विशेष अदालतबाट सफाइ दिलाउन प्रधानन्यायाधीश नै लागेको पनि देखिएको थियो

पूर्वउपप्रधानमन्त्री गच्छदारलगायत केही प्रतिवादीलाई सफाइ दिएकामा आम नागरिकलाई चित्त बुझ्ने अवस्था नहुन सक्छ सर्वसाधारणको नजरले हेर्नु न्यायिक आँखाले इजलासमा बसेर सबुत प्रमाण मूल्यांकनका आधारमा दोषी ठहर्याई सजाय गर्नुमा धेरै अन्तर हुन्छ अभियोक्ता अर्थात् अख्तियारले २०७६ माघ २२ मा दायर गरेको मुद्दामा ४ वर्षपछि न्यायाधीशहरूको नयाँ टिम आएपछि फैसला हुनु लगनशीलता निर्भीकता हो भाटभटेनीका मालिक मीनबहादुर गुरुङ जग्गा किन्ने मात्र हुन्, उनलाई सरकारी जग्गा भन्ने थाहा थिएन त्यस्तो अवस्थामा उनी दोषी हुन सक्दैनन् भन्ने पनि उनका तर्फको जिकिर थियो सामान्य अवस्थामा एउटा घडेरी दुःखजिलो गरेर खरिद गरेको भए त्यो मान्य हुने थियो तर सबैजसो जग्गा रामकुमार सुवेदी शोभाकान्त ढकालको मिलेमतोमा पटकपटक खरिद गर्ने अर्बपतिले यो जग्गा कसरी उनीहरूले ल्याए भन्नेतिर पनि सोच्नुपर्ने थियो अर्बौं लगानी गर्नेले यी भूमाफियाहरूको भरमा मात्र परेर त्यत्रो जग्गा जोड्नुमा उनको पनि यी जग्गासम्बन्धमा भित्री रहस्य नबुझेको भन्न सकिने अवस्था छैन त्यत्रो जग्गा जानीजानी एक्लै आफ्ना मान्छेको नाममा खरिद गरेकामा कसुर ठहर्याई गुरुङलाई २ वर्ष कैद बिगोबमोजिम जरिवाना गर्नु न्यायिक मनको विवेकपूर्ण प्रयोग मान्नुपर्छ रामकुमार सुवेदी शोभाकान्त ढकालसँगै पूर्वसचिवहरू (अख्तियारका पूर्व प्रमुख आयुक्त) दीप बस्न्यात छविराज पन्तलगायत दोषी ठहर भएका छन् मालपोत अधिकृत कलाधर देउजा, मुकुन्दप्रसाद आचार्यलगायत कर्मचारी राणा परिवारसमेतलाई दोषी ठहर गरिएको पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशी डम्बर श्रेष्ठले भने सफाइ पाएका छन्

अख्तियार कमजोर भएको राजनीतिक भागबण्डामा नियुक्त भएको कारण आफ्नै आयुक्त राजनारायण पाठकलगायत यो मुद्दाका अभियुक्तलाई पनि अभियोगपत्र साथ अदालत लैजान अख्तियारले सकेन पूर्वअर्थमन्त्री विष्णु पौडेलका छोरा भाटभटेनीका मालिक मीनबहादुर गुरुङका कानुनी सल्लाहकार कुमार रेग्मी सर्वोच्च अदालतको न्यायाधीश भइसकेकाले जग्गा फिर्ता गरेको कारणले मुद्दा लगाइएन यसमा पनि दबाब शक्तिलाई अख्तियारले थाम्न नसकेको भनिन्छ नीतिगत निर्णय भनेर प्रधानमन्त्रीद्वय नेपाल भट्टरार्ई तथा अन्य मन्त्रीलाई अभियोग लगाइएन यो पनि अख्तियारले राजनीतिक दबाबलाई थेग्न नसकेको हो अख्तियारलाई स्वतन्त्र नबनाएसम्म यो अवस्थामा परिवर्तन हुने सम्भावना देखिँदैन पूर्वप्रधानमन्त्रीलाई बयानसम्म गराइएन, उनीहरूसँग बुझ्ने काम मात्र अख्तियारले गरेको थियो

प्रधानमन्त्री निवाससमेतको सरकारी जग्गा निजी बनाइँदा प्रधानमन्त्री कार्यालय नेपाल सरकारले थाहा नै पाएन उल्टो भूमाफियाको योजनामा सरकारी जग्गाबाट योजनाबद्ध रूपमा सडकसमेत खोलियो उच्चस्तरको सडकपेटी खोल्न सरकारी बजेट खर्च गरियो यति हुँदा पनि नेपाल सरकारले सरकारी जग्गा निजी बनाइएकामा पत्तो नै पाएन पूर्वप्रधानमन्त्रीद्वय उनीहरूका मन्त्रीहरूको हुस्सुपना देख्दा दया लागेर आउँछ यो फैसला आउँदा आफूहरूले केके निर्णय गर्न पुगिएछ भनेर गहिरिएर सोच्नुपर्ने हो यो फैसलाले आकाशै खसे पनि न्याय मर्दैन भन्ने पुष्टि भएको अपराध सधैं लुकाउन सकिँदैन भन्ने सिद्ध भएको सबै न्यायाधीश घुस्याहा हुँदैनन् भन्ने पुष्टि भएको न्याय किनबेच हुँदैन भन्ने विश्वास बढेको न्यायको रोहमा ठूलाबडा, धनीगरिबबीच कुनै भेदभाव हुँदैन भन्ने पनि देखाएको केही प्रतिवादीहरूले सफाइ पाएकामा पुनरावेदन तहबाट हेरिने नै हुन्छ कतै प्रमाणको मूल्यांकनमा त्रुटि भएको भए सुधार हुने भएकाले यो फैसलालाई पक्षपाती विवेकहीन भन्नु हुँदैन प्रमाणको गुण दोषको आधारमा फैसला भयो यो नै नेपाली जनताका लागि न्यायपालिकाको उपहार मान्नुपर्छ यस्ता फैसलाले न्यायपालिकाप्रतिको जनआस्था वृध्दि हुन्छ अदालतप्रति जनताको विश्वास बढ्न जान्छ